कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

पत्रकार खसोग्गीको हत्यामा संलग्न ५ जनालाई मृत्युदण्डको सजाय

३ जनालाई २४-२४ वर्ष जेल
एजेन्सी

रियाद — पत्रकार जमाल खसोग्गीको हत्यामा संलग्न ५ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ ।

पत्रकार खसोग्गीको हत्यामा संलग्न ५ जनालाई मृत्युदण्डको सजाय

सोमबार साउदी अरेबियाको सरकारी वकिलको कार्यालयले पत्रकार खसोग्गीको हत्यामा संलग्न ५ जनालाई मृत्युदण्ड र ३ जनालाई २४–२४ वर्ष जेल सजाय सुनाएको हो ।

साउदी राजदरबारका सल्लाहकार साउद अल खतानी भने घटनामा संलग्न भएको प्रमाण नभेटिएकाले रिहा गरिएको छ ।

अमेरिकी नागरिक खसोग्गी साउदी राजकुमार मोहम्मद बिन सलमान र उनको नीतिका खरो आलोचक मानिन्थे । टर्कीको राजधानी इस्तानबुलस्थित साउदी कन्सुलरको कार्यालयभित्र सन् २०१८ को अक्टोबर २ मा वाशिंगटन पोस्टका स्तम्भकार खसोग्गीको हत्या भएको थियो ।

श्रीमतीसँगको सम्बन्ध विच्छेदको कागजात प्रमाणीकरणका लागि कन्सुलरको कार्यालयमा गएका बेला पत्रकार खसोग्गीको हत्या भएको थियो ।

राज्यस्तरबाटै खसोग्गीको हत्या भएको भन्दै साउदी अरेबियाको अन्तर्राष्ट्रिय स्तरमै कडा आलोचना भएको थियो ।

प्रकाशित : पुस ७, २०७६ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?