२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

यस्ताे सैलुन जहाँ पुस्तक पढ्दा पाइन्छ छुट

काठमाडौँ — कपाल कटाउन सैलुन जानुहुन्छ ? कहिलेकाहीँ पालो पनि कुर्नु पर्छ होला । आफ्नो पालो नआउञ्जेल के गर्ने ? टेलिभिजनमा फिल्म, सिरियल वा केही हेरेर समय बिताउने कि ? सैलुनमा राखिएका विभिन्न स्वरुपका ‘हेयर स्टाइल’ पो हेर्ने कि ?

यस्ताे सैलुन जहाँ पुस्तक पढ्दा पाइन्छ छुट

हामीले गर्दै आएको त त्यही नै हो । तर भारतको तमिलनाडुको तुटिकोरिन जिल्लामा रहेकाे एउटा सैलुन भने अलि फरक छ ।

पन मरिअप्पनले सञ्चालन गरेकाे सैलुनमा एक हजार ५ सयभन्दा बढी पुस्तक राखिएको छ । साथै उनकाे सैलुनमा विभिन्न पत्रिका र म्यागजिन उत्तिकै‌ संख्यामा छन् । पालो पर्खिरहेका ग्राहकलाई उनी पुस्तक पढ्न प्रेरित गर्छन् । उनको सैलुनमा हिरो हिरोइनका पोस्टर पनि राखिएको छैन । उनले गीत पनि बजाउँदैनन् । गीत बजाउँदा पढिरहेका व्यक्तिलाई डिस्टर्ब हुन्छ भन्ने मान्यता राख्छन् उनी ।

जसले १० पेजभन्दा बढी पढ्छ, त्यसलाई उनले ३० रुपैयाँ छुट पनि दिन्छन् ।

पछिल्लो समय पुस्तकले भरिएको उनको सैलुनकाे तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

प्रकाशित : पुस ३, २०७६ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?