अमेरिकामा रहेको भारतीय दूतावास अगाडि नेपालीको प्रदर्शन 

दिनेशजंग शाह

न्युयोर्क — नेपाली भूमिमाथि भारतीय अतिक्रमणको विरोधमा आइतबार वासिंगटन डीसीमा विरोध प्रर्दशन गरिएको छ । दर्जनौं संख्यामा रहेका नेपाली आप्रवासीहरुले अमेरिकी राष्ट्रपति निवास परिसर हृवाइट हाउस लगायत डीसीस्थित भारतीय दूतावास परिसरमा ‘गो ब्याक इन्डिया’, ‘नेपाली भू–भाग मिच्न पाइदैन’ अंकित प्लेकार्डसहित प्रर्दशन गरेका थिए । 

अमेरिकामा रहेको भारतीय दूतावास अगाडि नेपालीको प्रदर्शन 

भारतले कालापानी, लिपुलेक लगायतका नेपाली भू-भागलाई आफ्नो नक्सामा समावेश गरेको विरोधमा गरिएको कार्यक्रम हृवाईट हाउस नजिकैको पार्कबाट सुरु भएको थियो ।


नेपाली पोशाकमा सजिएका अधिकांस सहभागीहरुले ‘कालापानी, लिपुलेक, लिम्पियाधरा हाम्रो’ हो भन्दै नाराबाजी गरेका थिए । कार्यक्रममा सिमाविद् बुद्धिनारायण श्रेष्ठ लगायतका कार्यक्रमका अगुवाहरुले भारतले गरेको नेपाली भूमि अतिक्रमणबारे जनमानसलाई जानकारी गराएका थिए ।


उनीहरुले नेपाली भूमि प्रति भारतको पहिलेदेखि नै कुदृष्टि रहेको तर्क गरेका थिए । पार्कमा दुई चक्कर लगाएपछि नाराबाजीसहित भारतीय दूतावासतर्फ अगाडी बढेको थियो । लोक गायक प्रेमराजा महत, रामप्रसाद खनाल, खेम संग्रौला लगायतका कलाकारहरुले नेपालसँग सम्बन्धित गीत एवं कविता वाचन गरेका थिए ।


भारतीय दूतावासको परिसरमा पुगेर विरोध कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित : मंसिर ३०, २०७६ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?