३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

फिलिपिन्समा भूकम्प ७ को मृत्यु

एएनआई 

काठमाडौँ — फिलिपिन्सको दक्षिणी क्षेत्र मिन्दानाओको पहाडी इलाकामा आइतबार ६.८ म्याग्नीच्युडको भूकम्प आएको छ । यसमा भूकम्पमा कम्तीमा ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

फिलिपिन्समा भूकम्प ७ को मृत्यु

माग्सायसायदेखि तीन माईल दक्षिणपूर्व क्षेत्रमा भूकम्पको केन्द्रविन्दु रहेको प्रकोप जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यालयका अधिकारीहरुलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।


यस भूकम्पबाट ज्यान गुमाउन व्यक्तिहरुमा छ बर्षीया एक बालिकासमेत रहेकी जनाइएको छ । अन्य छ जनाको शव भने पदादा सहरमा रहेको व्यापारिक भवन भित्र च्यापिएको अवस्थामा उद्धारकर्ताहरुले सोमबार फेला पारेका स्थानीय पत्रिका ‘फिल्स्टार ग्लोबल’ जनाइएको छ ।


खोजी तथा उद्धार कार्य अहिले पनि जारी रहेको अधिकारीहरुले जनाएका छन् । भूकम्पपछिको पहिलो चार घण्टासम्म १ सय ७९ ओटा पराकम्प गएको पनि उनीहरुले जनाएका छन् ।


प्रकाशित : मंसिर ३०, २०७६ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?