कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

६ घण्टासम्म मुटुको चाल रोकिएपछि पनि बाँच्न सफल भइन् यी महिला 

एजेन्सी

एक बेलायती महिलाको मुटुको चाल रोकिएको ६ घण्टापछि बाँच्न सफल भएकी छन्। उनी अहिले सकुशल छिन् ।

६ घण्टासम्म मुटुको चाल रोकिएपछि पनि बाँच्न सफल भइन् यी महिला 

उनलाई कडा खालको हाइपोथर्मिया भएको थियो । एकदमै चिसोमा मानिसलाई हाइपोथर्मिया हुन पुग्दछ। मानिसको तापक्रम घटेर ९५ फरेन्हाइटमा झरेपछि यो अवस्था हुन पुग्छ। शरीरको तापक्रम घटेपछि मुटु, नसा प्रणाली तथा अरु अंग पनि राम्ररी काम गर्न छोड्छ । ३४ वर्षीया ओडे सोयमेन गत नोभेमबर ३ मा आफ्नो श्रीमान् रोहनसँग स्पेनस्थित पेरेसिन हिमालमा हाइकिङका लागि गएकी थिइन्। हाइकिङमा जाँदा उनीहरु भारी हिमपातको शिकार भए । रोहनले तुरुन्त इमेरजेन्सी सेवालाई गुहारे । त्यसपछि उनलाई बार्सिलोनाको भल डी हेब्रोन अस्पतालमा लगियो ।

स्थानीय मिडियासँग कुराकानीमा रोहन भन्छन्, ‘मलाई त एक पल लागेको थियो उनी मरिसकिन्। मैले उनको नसा चेक गरेँ चालचुल केही थिएन । न मुटुको धड्कन थाहा पाउन सकेँ। ' सोयमेनको उपचारमा खटिएकी सो अस्पतालका चिकित्सक मध्येका एक डारेराले भने,‘मानिसको मुटु पाँच मिनेटको लागि पनि चल्न छोड्यो भने मस्तिष्कमा धेरै क्षति पुगिसकेको हुन्छ तर सोयमेनको घटना एकदमै दुर्लभ हो । उनलाई शरीरको तापक्रम खस्किँदै गएपछि त्यसो भएको हो।’ सोयमेनको शरीरको तापक्रम घटेर १८ डिग्री सेल्सियस सम्म पुगेको थियो जुन सामान्य तापक्रम भन्दा धेरे घटी हो । सामान्य तापक्रम ३६.५–३७.५ डिग्री हुन्छ ।


उनलाई चिकित्सकहरुले ज्यान बचाउन एक्सट्रा कोर्पोरल मेम्बेरन अक्सिजिनेसन मेसिन(ईसीएमओ) लगाएका थिए । ईसीएमओले शरीरमा रगत पम्प गर्न सहयोग गर्छ। रेरा अस्पतालमा ईसीएमओको प्रमुख छन् । सोयमेनले होसमा आएपछि आफू यहाँ के गर्दैछु भन्ने प्रश्न गरेको सम्झिँदै भन्छन् उनी छिट्टै पूर्ण रुपमा ठिक हुनेछिन् ।


घटनाको एक महिना पश्चात उनी अब छिट्टै नै अफिस जाने भएकी छन् । रेरा भने वैज्ञानिकको हिसाबले आफूलाई यो शब्द मन नपरेपनि चमत्कारै भएकै हो ।

सोयमेनले आफ्नो मेडिकल टिमलाई धन्यवाद दिएकी छन् र छिट्टै नै सामान्य जीवनमा फर्किन आतुर रहेकी छन् ।


यो चमत्कार सबै चिकित्सकहरुले गर्दा भएको हो, सोयमेन भन्छिन् ।


‘सम्भवत अब जाडोमा म हिमालतिर जाने छैन तर वसन्त ऋतुमा हामी फेरि हाइकिङ अनि टे«किङ जान सक्छौँ होला। आफ्नो इच्छालाई म मार्न सक्दिन।’

प्रकाशित : मंसिर २६, २०७६ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?