असममा हिंसा, अनिश्चितकालीन कर्फ्यू

एजेन्सी

काठमाडौँ — भारतका दुवै संसदले पास गरेको नागरिकता संशोधन विधेयकको विरोधमा प्रदर्शनहरु बढेपछि उत्तरपूर्वी राज्य असमका केही सहरमा त्यहाँको सरकारले बुधबारदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ । विधेयकको विरोधमा दसौं हजार मानिस सडकमा उत्रिएपछि यहाँ सेना परिचालन गरिएको छ ।

असममा हिंसा, अनिश्चितकालीन कर्फ्यू

मुख्यगरि राज्यको गुवाहटी र मुख्यमन्त्री विल्पव कुमारदेवको गृहनगर डिब्रुगढका प्रदर्शन हिंसक भएपछि कर्फ्यू लगाइएको जनाइएको छ ।डिब्रुगढको चौबामा प्रदर्शनकारीहरुले रेलवे स्टेशनमा आगजनी गरेका छन् । सरकारलेअसममा हवाइ उडानहरु समेत रद्द गरेको छ भने रेल सेवा पनि धेरै क्षेत्रमा अवरुद्ध छ।

भारतीय जनता पार्टीका अध्यक्ष एवं केन्द्रीय गृहमन्त्रीअमित शाहले संसदमा पेश गरेको नागरिकता विधेयकमा २०१४ डिसेम्बर ३१ भन्दा अगाडिअफगानिस्तान, पाकिस्तान र बंगलादेशबाटभारत आएका हिन्दु, शिख क्रिश्चियन, बुदिस्ट, जैन र पारसी शरणार्थीलाईनागरिकता दिने व्यवस्था गरिएको छ । तर, यसमा मुसलमान धर्म मान्नेहरुलाई समावेश गरिएको छैन ।

हिंसात्मक प्रदर्शन भएपछि बिहीबार नै भारतीय प्रधानमन्त्रीनरेन्द्र मोदीले असमका जनताको अधिकार कसैले हरण गर्न नसक्ने भन्दै ट्विट गरेका छन्। उनले आसामका जनताको सांस्कृतिक जातीय र भाषिक अधिकारको रक्षा केन्द्र सरकारलेगर्ने भन्दै चिन्ता नगर्न आग्रह गरेका छन् ।

यो व्यवस्थाले धर्मका आधारमा मुस्लिमलाई विभेद गरेको भन्दैकेरलाको राजनीतिक दल इन्डियन युनियन मुस्लिम लिगले बिहीबार भारतको सर्वोच्चअदालतमा मुद्दा दायर गरेको छ ।

हिन्दुवादी भारतीय जनता पार्टीको सरकार २०१९ मा दोस्रोपटककेन्द्रको सत्तामा आएको हो । नरेन्द्र मोदी नेतृत्वको यो सरकारले केहीअघि भारतप्रशासित कश्मिरसम्बन्धी कानुन पनि संशोधन गरेको थियो ।

कश्मिरलाई विशेष राज्यकारुपमा दिइएको सुविधा हटाउने गरि यसलाई भारतका अन्य राज्य सरह नै मान्यता दिनेसंशोधनको विरुद्ध कश्मिरमा पनि आन्दोलन चलेको छ । कश्मिरमा गरिएजस्तै यसपाली असममाधेरै क्षेत्रमा पनि फोन र इन्टरनेट काटिएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

प्रकाशित : मंसिर २६, २०७६ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?