चालक दलका १७ सदस्यसहित ३८ जना सवार सैनिक विमान बेपत्ता

चिली — सैन्य अड्डामा उपभोग्य वस्तु पुर्‍याउनका लागि अन्टार्क्टिका उडेको चिलीको एक सैनिक विमान बेपत्ता भएको छ । चालक दलका सदस्यसहित ३८ जना सवार उक्त विमान अन्टार्क्टिकाको किङ जर्ज टापुमा जाँदै थियो ।

चालक दलका १७ सदस्यसहित ३८ जना सवार सैनिक विमान बेपत्ता

सी-१३० हेरकुलस ट्रान्सपोर्ट एयरक्राफ्ट विमान पुन्टा एरिनाजबाट स्थानीय समय अनुसार मंगलबार अपरान्ह ४ बजेर ५५ मिनेटमा उडेको थियो । उडान भरेको करिब एक घण्टापछि विमान बेपत्ता भएको थियो ।


विमानमा २१ यात्रु र १७ जना चालक दल सवार थिए । विमान अन्टार्क्टिकाको किङ जर्ज टापुमा रहेको एक सैन्य अड्डामा उपभोग्य सामग्री बोकेर जाँदै थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार बेपत्ता विमानको खोजी र उद्धारका लागि चिलीले टोली पठाएको छ ।


चिली एयर फोर्सका जनरल एडूवार्डो मोस्केयूरियाले स्थानीय सञ्चारमाध्यमलाई विमानले कुनै किसिमको संकेत नपठाएको बताए । उनले विमानका पाइलट अनुभवी भएकाले इन्धन अभावका कारण कुनै स्थानमा अचानक अवतरण गरेको हुन सक्ने बताए ।


चिली एयर फोर्सले ७७० माइलको यात्रामा विमान ४५० माइल यात्रा गरिरहँदा सम्पर्कविहीन भएको जनाएको छ । विमान दक्षिण एट्लान्टिक र प्यासिफिक महासगरलाई जोड्ने ड्रेक प्यासेज भन्ने क्षेत्रबाट हराएको थियो ।

प्रकाशित : मंसिर २४, २०७६ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?