नयाँ दिल्लीस्थित खाद्यान्न बजारमा भीषण आगलागी, कम्तीमा ३५ को मृत्यु
नयाँ दिल्ली — भारतको राजधानी नयाँ दिल्लीस्थित रानी झाँसी रोडमा रहेको 'अनाज मण्डी' (खाद्यान्न बजार)मा भएको भीषण आगलागी हुँदा कम्तीमा ३५ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मिडियाका अनुसार आगलागी भएको स्थानबाट ५० जना बढीको उद्धार गरिएको छ ।
आइतबार बिहानै भएको आगलागी नियन्त्रणमा आइसकेको र सुरक्षा निकायका अधिकारीहरु आगलागीको कारण पत्ता लगाउनका लागि जुटेकको बताइएको छ ।
आगलागी नियन्त्रणका लागि सो क्षेत्रमा २५ वटा दमकल खटाइएको थियो । साघुँरो गल्लीमा आगलागी भएका कारण पनि उद्धार तथा आगो नियन्त्रण गर्न समस्या परेको अग्नी नियन्त्रकहरुले जानकारी दिएका छन् । अग्लो घरमा कागज र कपासका गद्दाहरु जलेका कारण धेरै धुँवा निस्किएको र त्यसैका कारण पनि धेरै हताहत भएको उनीहरुको दाबी थियो ।
प्रकाशित : मंसिर २२, २०७६ १०:२६Dr Kishore Kumar, Medical Superintendent, Lok Nayak Hospital on fire incident at Rani Jhansi Road: There are 14 casualties. Our team of doctors are attending to the injured; Visuals from Rani Jhansi Road #Delhi pic.twitter.com/4lzOXWvR8H
— ANI (@ANI) December 8, 2019