२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

अस्ट्रेलियामा नेपाली विद्यार्थीको मृत्यु

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाको भिक्टोरिया राज्यस्थित मेलबर्नमा एक नेपाली बिद्यार्थीको मृत्यु भएको छ । तनहुँको गुढांदी घर भएका दीपेन्द्र खनाल आफू बस्ने घरको बाथरुममा मृत फेला परेका थिए । करिब ११ वर्षअघि विद्यार्थी भिसामा अस्ट्रेलिया आएका उनले केही समय पहिले प्रोटेक्सन भिसाको आवेदन दिएका थिए ।

अहिले पनि उनी यसैको कानुनी प्रक्रियामा रहेको आफन्तले जानकारी दिए । साथीहरुसँग बस्ने उनी बाथरुममा झुण्डिएको अवस्थामा फेला परेका थिए । उनको मृत शरीरलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएर पोष्टमार्टम गर्न लगेको बताइएको छ ।

सन २००८ मा विद्यार्थी भिसा कुकरी अध्ययनका लागि अस्ट्रेलिया आएका थिए । उनका आफन्तहरुले उनी केही महिनादेखि कम सम्पर्कमा रहने गरेका बताएका छन् ।

घटनाबारे नेपाली दूतावासले जानकारी पाएको र आफन्तलाई आवश्यक सहयोग पुर्‍याइरहेको उपनियोग प्रमुख द्रुपदा सापकोटाले जानकारी दिइन् ।

पछिल्लो समयमा यस्ता दुःखद घटना भइरहेकाले यस्ता घटना कम गर्न आवश्यक कार्यक्रमहरु आवश्यक भएको उनले बताइन् । दूतावासले मृतकका आफन्तहरुका साथै एनआरएन लगायतका संस्थाहरुसँग मिलेर सहयोगका लागि कामहरु गरिरहेको बताएको छ ।

एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशव कंडेलले घटना दुःखद भएको र उनको शवलाई नेपाल पठाउनका लागि आवश्यक पहल तथा सहयोग गरिरहेको जानकारी दिए । कंडेलले परिवारको आग्रहमा उनको शवलाई प्रहरीको अनुसन्धानपछि अन्तिम संस्कारका लागि नेपाल पठाउन परिवार, वाणिज्य दूतावास तथा दूतावासको सहकार्यमा काम भइरहेको बताए ।

प्रकाशित : मंसिर २१, २०७६ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?