कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फिलिपिन्समा आँधी, २ लाख विस्थापित

(एजेन्सी)

मनिला — फिलिपिन्सको लुजन टापुमा मंगलबार आएको भीषण आँधीका कारण कम्तीमा २ लाख मानिस विस्थापित भएका छन् । अधिकारीका अनुसार ‘कमुरी’ आँधीका कारण लुजन टापुको दक्षिणी भेगमा भारी वर्षा भएको छ । आँधीपछि शनिबार सुरु भएको दक्षिण–पूर्वी एसियाली खेल प्रभावित भएको जनाइएको छ । अधिकारीका अनुसार केही खेल रद्द गरिएका छन् भने केहीका लागि नयाँ तालिका सार्वजनिक गरिएको छ । 

आँधीका कारण राजधानीस्थित मनिला विमानस्थल १२ घन्टा बन्द भएको थियो । सेबु द्वीपबाट मनिला विमानमा यात्रा गरेकी क्यानाडेली पर्यटकले आफ्नो यात्रा निकै पीडादायी भएको बताइन् । २३ वर्षीया कन्सट्यान्स बेनोइटले भनिन्, ‘हवाईजहाजमा यात्राका क्रममा हुने बिसन्चो के हो मैले पहिलोपटक अनुभव गरेँ ।’ सोर्सोगन राज्यमा कमुरी आँधीका कारण कम्तीमा १ सय ५५ किलोमिटरको गतिमा हावाहुरी आएको भए पनि बेलाबखत हुरी गति बढेर २ सय ३५ किलोमिटरसम्म पुगेको जनाइएको छ । फिलिपिन्समा वार्षिक औसत २० वटा आँधी आउने गर्छन् ।


प्रकाशित : मंसिर १८, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?