१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हिटलरको टोपीलाई ७२ करोड रुपैयाँ !

स्विट्जरल्याण्ड — नाजीबादी नेता एडोल्फ हिटलरको ह्याट (टोपी) र केही समाग्री छ लाख स्वीस फ्र्यांक (करिब ७२ करोड रुपियाँ) मा स्वीस धनाढ्यले खरीद गरेका छन् । स्विट्जरल्याण्डको जेनेभाका व्यापारी अब्दला चाटिलाले हिटलरको ह्याट, टाइपराइटर, सिगार (चुरोट) राख्ने बट्टा र मेइन काम्फ भनिने हिटलरको विलासीपूर्ण पुस्तक किनेका हुन् ।

हिटलरको टोपीलाई ७२ करोड रुपैयाँ !

स्विट्जरल्याण्डको ल आताँ दिमँस अखबारलाई अन्तर्वार्ता दिँदै उनले हिटरलरका सामानहरु नाजीको प्रोपोगाण्डा मच्चाउन, कुनै समूदायको बदनाम गर्न र यहुदी विरोधी अभियानकर्ताहरुले प्रयोग गर्न नपाउन् भन्ने उद्देश्यले आफूले किनेको बताए ।


'युरोपमा यहुदी विरोधी, नाजीवादी, एकले अर्कोलाई बदनाम गर्नेहरुको संख्या बढिरहेको छ । त्यस्ता समूहले हिटलरका सामानहरु दुरुपयोग गरेर समाज बिथोल्न नपाउने भन्ने उद्देश्यले मैले खरिद गरेको हुँ,' चाटिलाले भने ।


आफूलाई हिटलरका सामाग्रीहरु डढाउनुपर्ने भन्ने लागेको तर अन्त्यमा ती सामाग्रीलाई संग्राहलयमा राख्न उचित लागेको उनको भनाइ छ । उनले किनेका ती सामाग्रीहरु केरेन हाजेसोद एसोसिएसनलाई दिएका छन् । उक्त एसोसिएसनले ती सामाग्रीहरु इजरायलको एक संग्राहलयमा राख्न सक्ने स्वीस अखबार ल माताँले जनाएको छ ।

प्रकाशित : मंसिर १६, २०७६ २०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?