‘गोल्डन टेस्ट’ मा नेपाली रेस्टुराँ दोस्रो

कान्तिपुर संवाददाता

पेरिस — फ्रान्सको एसोन क्षेत्रमा नेपालीहरूले सञ्चालन गर्दै आएको एक रेस्टुराँले पापी दोर (गोल्डन टेस्ट) पुरस्कारमा दोस्रो स्थान हासिल गरेको छ  । विश्वभरका विदेशी रेस्टुराँहरू सहभागी प्रतिस्पर्धामा नेपाली रेस्टुराँ ‘मेजोँ द हिमालय’ दोस्रो भएको हो  ।

ZenTravel

विश्वभरका विदेशी रेस्टुराँहरू सहभागी प्रतिस्पर्धामा नेपाली रेस्टुराँ ‘मेजोँ द हिमालय’ दोस्रो भएको हो । फ्रान्समा आ–आफ्ना देशका खाना बनाउने रेस्टुराँको खाना, सेवा, पहिरन, कच्चा पदार्थको स्तर, प्राविधिक ढाँचा, स्वागतलगायत विषयको परीक्षणपछि जुरीले पुरस्कार विजेताको घोषणा गर्ने गर्छन् ।


Meroghar

तीन तहका परीक्षणमा सुरुमा रेस्टुरेन्टमा खान आउने ग्राहकबाट गोप्य तरिकाले जाँच लिने गरिन्छ । त्यसैगरी, दोस्रो तहमा परीक्षणमा पाक विज्ञ, परीक्षणकर्ताले रेस्टुरेन्ट सञ्चालकलाई जानकारी नदिई जाँचबुझ तथा परीक्षण गर्ने तथा तेस्रो तहमा विशेषज्ञले ग्राहकका रूपमा रेस्टुराँको खाना खाने गर्छन् ।

पुरस्कार विजेता घोषणाअघि ५ सय ९३ रेस्टुराँको खाना चाखिएको जनाइएको छ । पुरस्कार ग्रहण गरेपछि रेस्टुराँ सञ्चालकमध्येका एक चितवनका रविन शर्मा ओलीले आफूमा थप हौसला बढेको बताए । उनले भने, ‘सयौं रेस्टुरेन्टमा प्रतिस्पर्धा गरेको । जितिएला भन्ने लागेको थिएन । जुरीको निर्णय सुन्दा थप हौसला बढेको छ ।’

प्रकाशित : मंसिर १५, २०७६ १०:५४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

जापानलाई उत्तर कोरियाको चेतावनी

एजेन्सी

सोल — पछिल्ला दिनमा क्षेप्यास्त्र परीक्षणलाई तीव्रता दिएको उत्तर कोरियाले जापानी प्रधानमन्त्रीलाई वास्तविक ब्यालेस्टिक क्षेप्यास्त्र चाँडै देखाइदिने चेतावनी दिएको छ  । उत्तर कोरियाले जापानी प्रधानमन्त्री सिन्जो अबेलाई ‘मन्दबुद्धि’ र ‘राजनीतिक कदबिनाको नेता’ को संज्ञा दिंदै आफ्नो हतियार परीक्षणलाई गलत रूपमा प्रस्तुत गरेको आरोपसमेत लगाएको छ  ।

उत्तर कोरियाले बिहीबार क्षेप्यास्त्र परीक्षण गरेको थियो । उक्त परीक्षणपछि जापानी प्रधानमन्त्री अबेले उत्तर कोरियाले बारम्बार ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको भन्दै निन्दा गरेपछि प्योङयाङ रुष्ट बनेको हो । उत्तर कोरियाले एकैपटकमा एकभन्दा बढी क्षेप्यास्त्र प्रहार गर्न सक्ने ‘सुपर लार्ज मल्टिपल रकेट लन्चर’ को परीक्षण गरिएको दाबी गरेको छ ।

प्रकाशित : मंसिर १५, २०७६ १०:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×