१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

जापानलाई उत्तर कोरियाको चेतावनी

एजेन्सी

सोल — पछिल्ला दिनमा क्षेप्यास्त्र परीक्षणलाई तीव्रता दिएको उत्तर कोरियाले जापानी प्रधानमन्त्रीलाई वास्तविक ब्यालेस्टिक क्षेप्यास्त्र चाँडै देखाइदिने चेतावनी दिएको छ  । उत्तर कोरियाले जापानी प्रधानमन्त्री सिन्जो अबेलाई ‘मन्दबुद्धि’ र ‘राजनीतिक कदबिनाको नेता’ को संज्ञा दिंदै आफ्नो हतियार परीक्षणलाई गलत रूपमा प्रस्तुत गरेको आरोपसमेत लगाएको छ  ।

उत्तर कोरियाले बिहीबार क्षेप्यास्त्र परीक्षण गरेको थियो । उक्त परीक्षणपछि जापानी प्रधानमन्त्री अबेले उत्तर कोरियाले बारम्बार ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको भन्दै निन्दा गरेपछि प्योङयाङ रुष्ट बनेको हो । उत्तर कोरियाले एकैपटकमा एकभन्दा बढी क्षेप्यास्त्र प्रहार गर्न सक्ने ‘सुपर लार्ज मल्टिपल रकेट लन्चर’ को परीक्षण गरिएको दाबी गरेको छ ।

प्रकाशित : मंसिर १५, २०७६ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?