लन्डनब्रिज चक्कु प्रहार, जेलबाट छुटेका थिए आक्रमणकारी

एजेन्सी

लन्डन — बेलायतको राजधानी लन्डनमा चक्कु प्रहार गर्ने व्यक्तिले यसअघि आतंकवादसँग सम्बन्धित अपराधमा जेल सजाय भुक्तान गरेका प्रहरीले जनाएको छ  । लन्डन ब्रिजमा शुक्रबार भएको चक्कु आक्रमणमा एक पुरुष र एक महिला गरी दुई जनाको मृत्यु भएको थियो  ।

आक्रमणमा तीन जना घाइते भएका थिए । आक्रमणकारीलाई भने प्रहरीले गोली हानी मारिदिएको थियो ।

बेलायत प्रहरीका अनुसार आक्रमणकारी २८ वर्षीय उस्मान खान हुन् । उनी गतवर्ष ससर्त जेलमुक्त भएका थिए । लन्डन ब्रिजमा चक्कु प्रहार भइरहेको देखेपछि सर्वसाधारणले उनलाई नियन्त्रणमा लिएका भए पनि प्रहरीले गोली चलाउँदा उनको ज्यान गएको थियो ।

आक्रमणको समय घटनास्थलमा केहीबेर भागाभाग भएको थियो । घाइते हुने तीन जनामा एक पुरुष र दुई महिला छन् । उपचारका लागि अस्पताल पुर्‍याइएका उनीहरूको परिचय खुलाइएको छैन ।

घाइतेमध्ये एक जनाको स्थिति गम्भीर तर स्थिर भएको स्वास्थ्य सेवा एनएचएसका प्रमुखले शुक्रबार बताएका थिए । अरू दुई जनामध्ये एक जना स्थिर अवस्थामा भएका र अर्का व्यक्तिलाई सामान्य पटक लागेको बताइएको छ । प्रहरीका अनुसार खान सन् २०१२ मा आतंवादसम्बन्धी मुद्दामा दोषी ठहर भएका थिए । लन्डन प्रहरीले उक्त आक्रमणलाई ‘आतंकवादी घटना’ भएको बताएको छ । लन्डन महानगरीय प्रहरीका आयुक्त नील वसुले एक विज्ञप्ति प्रकाशित गर्दै खान सन् २०१८ को डिसेम्बरमा कारागारबाट सर्तसहित बाहिर आएको बताएका छन् ।

बेलायती सञ्चारमाध्यमका अुनसार ‘शरीरमा विद्युतीय उपकरण लगाउने र आफ्ना गतिविधि प्रहरीले निगरानीमा राख्ने सहमति गर्दै खान जेलमुक्त भएका’ थिए ।

बसुका अनुसार ‘खानले यस्तो आक्रमण किन गरे भन्नेबारे प्रहरीले छानबिन सुरु गरेको’ छ । प्रहरीले स्याफोर्डसरस्थित खान निवासमा खानतलासी गरेको जनाइएको छ । प्रहरीले आक्रमणमा अन्य व्यक्तिको संलग्नताबारे पनि अनुसन्धान भइरहेको जनाएको छ ।

शुक्रबार दिउँसो १ बजेर ५८ मिनेटमा लन्डनको व्यस्थ पर्यटकीय स्थान लन्डनब्रिजको उत्तरी भागमा आक्रमण भएको थियो । आक्रमणकारी क्याम्ब्रिज विश्वविद्यालयले कैदीहरूको पुनर्बासका विषयमा गरेको एक कार्यक्रमबाट निस्केका थिए ।

प्रहरी आयुक्त वसुका अनुसार खानले कार्यक्रमको आयोजना गरिएको भवनमा नै आक्रमण गरेका थिए । त्यसको केहीबेरमा लन्डन ब्रिजमा पुगेपछि एक पैदलयात्रीले उनलाई नियन्त्रणमा लिएका थिए । तर तत्कालै पुगेको प्रहरीले गोली चलाएपछि उनको ज्यान गएको हो । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलगायत नेताले आक्रमणकारीलाई नियन्त्रणमा लिने पैदलयात्रीको प्रशंसा गरेका छन् । विपक्षी दल लेबर नेता जेरेमी कोर्बिनले पनि उनले ‘निकै साहस देखाएका’ बताएका छन् ।

प्रकाशित : मंसिर १५, २०७६ १०:५४
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

गौरव र हजुरआमा

कान्तिपुर संवाददाता

माघको महिना जाडो बिदा भएकाले गौरव र उनकी आमा बिदा मनाउन आफ्नो गृहनगरतरर्फ हुइँकिए ।धादिङ जिल्लाको मैदीमा उनीहरूको पुर्ख्यौली घर थियो ।

घरमा साठी वर्ष नाघिसकेकी बूढी हजुरआमा मात्र हुनुहुन्थ्यो । हजुरआमाका साथी भन्नु नै गोठमा बाँधिएका वस्तुभाउ र घरमा लुकेर बसेका मुसाहरू मार्ने दुईवटा बिराला थिए । उनीहरूलाई स्याहारसुसार र हप्कीदप्की गरेरै हजुरआमाको दिन कट्ने गर्थ्यो । गौरवहरू गाउँ पुगेपछि हजुरआमा औधि खुसी हुनुभयो । गौरव पनि सबैतिर डुल्न, खेल्न र उफ्रिन पाएकाले खुसी थिए ।
साँझमा वस्तुभाउको काम सिध्याएपछि हजुरआमा अँगेनामा आगो फुकेर खाना बनाउने सुरसारमा लाग्नुभयो । आमा भने गाग्री बोकेर पँधेरामा पानी भर्न जानुभयो । हजुरआमाले चुलोको एउटा चौकामा भर्खरै दुहेको भैँसीको दूध बसाई अर्कोतर्फ कुकरमा दाल बसाल्नुभयो । हजुरआमा चुलोको छेउमा पिर्कामाथि बस्नुभएको थियो । दाउरा सुकेको हुनाले आगो बलिरहेको थियो । अँगेनामा आगो सल्किनासाथ बिरालाहरू नजिकै आई गुजुल्टिएर बसे । हजुरआमाले एउटा सानो रिकापीमा डाडुले अलिकति दूध तुर्क्याइदिनुभयो । जोर बिराला तँछाडमछाड गर्दै दूध चाट्न थाले ।
गौरव यी सबै दृश्य अत्यन्तै रमाइलो मानेर हेरिरहेका थिए ।
‘मान्छेलाई भन्दा पहिला खानुपर्ने यी साँढेहरूलाई,’ हजुरामा फतफताउनुभयो । गौरव भने हजुरआमाको गाली सुनेर हाँसिरहेका थिए ।
त्यत्तिकैमा दाल बसाएको कुकरको सिठ्ठी बज्यो । सिठ्ठी बारम्बार बजिरह्यो । हजुरआमा कुनै सोचमा मग्न हुनुभएझैँ एकाहोरिरहनुभएको थियो ।
लगातार बजिरहेको सिठ्ठीले गौरवलाई झिँजो लाग्यो । ‘हजुरआमा दाल पाकेन ?’ गौरवको प्रश्नले हजुरआमा झल्याँस्स हनुभयो ।
‘सानेले धन्न सम्झायो, मेरो सुद्दी पनि के भाको होला आजकाल,’ हजुरआमा फतफताउनुभयो ।
भोलिपल्ट बिहानको नौ बजेको हुँदो हो, हजुरआमा हँसिया र नाम्लो बोकेर निस्कनुभयो । ‘हजुरआमा काँ जान लाग्नुभएको ?’ गौरवले हतारिँदै सोधे ।
‘बाख्रालाई घाँस खोज्न’, हजुरआमाले भन्नुभयो ।
‘म पनि जाने,’ गौरवले बारी हेर्ने रहर गरे ।
‘भो साने नजाऊ, शीतले लुगा भिज्छ, कुरो बिझ्छ, घरैमा बस, म आइहाल्छु,’ हजुरआमाले भन्नुभयो ।
गौरव मानेनन् । हजुरआमाको पछिपछि लागेर एकै छिनमा खोरभन्ज्याङ पुगे । घरदेखि करिब बीस मिनेट हिँडेपछि पुगिने खोरभन्ज्याङमा प्रशस्त घाँसपात थियो । हजुरआमाले घाँस काट्नुभयो, गौरव यताउति कुदिरहे । हजुरआमाले घाँसको एउटा सानो बिटो नाम्लो लगाएर गौरवको टाउकोमा राखिदिनुभयो । आफूले पनि भारी बनाएर घाँस बोक्नुभयो ।
हजुरआमा अघि आएको भन्दा विपरीत बाटोतर्फ लाग्नुभयो । हजुरआमाको कुनै काम होला भन्ने सोच्दै गौरव पछिपछि लागे । धेरै बेरसम्म एकोहोरो हिँडेको हिँड्यै गरेपछि गौरवले सोधे, ‘हजुरआमा हामी कता जाने ?’ हजुरआमा झसंग हुनुभयो ।
राति आमाको छातीमा लपक्क टाँसिँदै गौरवले भने, ‘आमा, हजुरआमालाई हिजोआज के भएछ ?’ छोरोको प्रश्नले आमा छक्क पर्नुभयो ।
‘किन र ?’ उहाँले सोध्नुभयो ।
गौरवले हजुरआमाले बिर्सन थाल्नुभएको कुरा बताए ।
आमा केही बोल्नुभएन । एक सातापछि गौरवहरूलाई लिन बाबा पनि सहरबाट आउनुभयो । आमाले बाबालाई गौरवले भनेका सबै कुरा बताउनुभयो । घरका पिँढीमा बसेर सबै जना भुटेको मकै, नुन, खुर्सानी र मोही मीठो मानेर खाइरहेका थिए । त्यत्तिकैमा गौरवका बाबाले हजुरआमालाई अब घरमा एक्लै नछाड्ने, आफूसँगै लिएर जाने कुरा बताउनुभयो ।
यो सुनेर गौरव खुसीले उफ्रिए । हजुरआमा आनाकानी गर्दै हुनुहुन्थ्यो तर बाबाले सुन्दै सुन्नुभएन । हार खाँदै हजुरआमाले भन्नुभयो, ‘तिमीहरू अहिले जाओ, म यता सबै बन्दोबस्त मिलाउँछु । केही दिनपछि फोन गर्छु अनि लिन आउनू ।’
सबै जनालाई बिदाइको टीका लगाउँदै हजुरआमाले आशीर्वाद दिनुभयो ।
गौरवले भने, ‘हजुरआमा, हजुर सहर आएपछि मसँगै सुत्नुपर्छ है, अनि रातभरि कथा सुन्ने ।’
‘हुन्छ’, हजुरआमाले भन्नुभयो ।
‘हुर्रे...’, गौरव कराए ।
यो देखेर अरु सबै जना हाँसे । गौरवको खुसीमा सबैजना खुसी भए । हजुरआमालाई छिट्टै लिन आउने बताउँदै सबैजना बिदा हुनुभए ।

-सविता मैनाली

प्रकाशित : मंसिर १५, २०७६ १०:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×