कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अस्ट्रेलियास्थित नेपाली दूतावास : भवन निर्माण प्रक्रिया सुरु

अस्ट्रेलिया — अस्ट्रेलियास्थित नेपाली दूतावासले भवन निर्माण प्रक्रिया सुरु गरेको छ । दूतावासले स्थानीय इन्जिनियर तथा आर्किटेक्चरसँग भवन निर्माणको योजनासहित १५ दिनको म्याद राखेर आशयपत्र आह्वान गरेको छ । 

भवन निर्माणका लागि दूतावासले पूर्वराजदूत लक्की शेर्पाको कार्यकालमा क्यानबेरामा १२ लाख डलर करिब १० करोड रुपैयाँमा जग्गा खरिद गरेको थियो । सोही जग्गामा सबै सुविधासहितको भवन निर्माण गर्ने उद्देश्यले दूतावासले प्रक्रिया सुरु गरेको हो ।


स्थानीय पत्रिकामा आह्वान गरिएको आशयपत्रमा दूतावासको भवन निर्माणका लागि तोकिएको दायरामा रहेर आफ्नो इच्छापत्र दिन आर्किटेक्चर तथा इन्जिनियरलाई आग्रह गरिएको छ । विभिन्न कम्पनीले दिएको आशयपत्रलाई मूल्यांकन गरेर छनोटमा परेका कम्पनीलाई आर्थिक तथा प्राविधिक डिजाइनका लागि बोलपत्र आह्वान गरिने तयारी गरिएको छ । ‘हामीले लामो समयदेखि सुरु गरेको गृहकार्यपछि भवन निर्माणको कार्यलाई तीव्रता दिइएको हो ।’ क्यानबेरास्थित अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दहालले कान्तिपुरलाई भने । उनका अनुसार कस्तो भवन र कसरी निर्माण गर्ने विषयमा दूतावासले दुईपटकसम्म यहाँका स्थानीय सरोकारवालाका साथै इन्जिनियर तथा आर्किटेक्चरसँग औपचारिक छलफल गरिसकेको छ ।


कानुनी र अन्य प्रक्रियाहबारे बुझ्नसमेत सरोकारवालासँग छलफल गरिएको बताउँदै राजदूत दहालले उनीहरूको सुझावलाई पनि भवन निर्माणका क्रममा समावेश गरिने जानकारी दिए । दूतावासले सम्पूर्ण सुविधासहितको दुईतले भवन निर्माण गर्ने योजना अघि बढाएको छ । करिब दुई वर्षअघि खरिद गरिएको जग्गामा राजदूतको आवास, कार्यालय, ३ कर्मचारीका लागि आवास, पाहुना घर तथा अन्य पूर्वाधारहरू निर्माण गरिनेछ ।

प्रकाशित : मंसिर १४, २०७६ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?