कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

बग्दादमा तीन बम विस्फोट,  ६ को मृत्यु, १७ घाइते

रासस/सिन्ह्वा

बग्दाद — इराकको राजधानी बग्दादमा तीन ओटा बम विस्फोटन हुँदा कम्तीमा छ जनाको मृत्यु भएको छ । इराकी गृह मन्त्रालयका अनुसार मङ्गलबार भएको सो घटनामा परी अरु १७ जना घाइते  भएका छन् ।

“हामीलाई प्राप्त जानकारी अनुसार अहिलेसम्म ६ जनाको मृत्यु भएको छ भने अरु १७ जना घाइते भएका छन्,” एक प्रहरी अधिकारीले नाम सार्वजनिक नगर्ने सर्तमा भने । बग्दादमा मंगलबार बेलुकाको समयमा तीन ओटा बम विस्फोट भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् ।


एउटा मोटरसाइकल बम चर्चित बजार अल शाबमा विस्फोट भएको थियो । सो ठाउँ बग्दादको उत्तरपू्र्वी क्षेत्रमा पर्दछ ।अर्को विस्फोट बग्दादको दक्षिणपूर्वी क्षेत्रमा पर्ने अल बैया क्षेत्रमा भएको समाचारमा जनाइएको छ । जहाँ चार जना घाइते भएका थिए ।


तेस्रो विस्फोट भने अल बालाडियटमा भएको हो । राजधानी बग्दादको पूर्वी क्षेत्रमा पर्ने यस ठाउँमा भएको विस्फोटनमा परी थप चार जना घाइते भएका थिए । विस्फोटनको घटनाका बारेमा अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएका छैनन् । तर यस क्षेत्रमा इस्लामिक स्टेट (आईएस) का लडाकूहरुले यसअघि धेरै हिंसात्मक घटना गराएकाले यो घटनामा पनि उनीहरुकै संलग्नता रहेको हुन सक्ने कतिपयको आशंका छ ।

प्रकाशित : मंसिर ११, २०७६ १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?