पश्चिम भारतमा सडक दुर्घटना १२ को मृत्यु

रासस/सिन्ह्वा

काठमाडौँ — भारतको पश्चिम राज्य राजस्थानमा शनिबार बिहान भएको एक बस दुर्घटनामा कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा एक बालक र पाँच महिलासहित १२ को मृत्यु हुनुको साथै अन्य १० जना घाइते भएका स्थानीय प्रहरी स्रोतले जनाएको छ ।

दुर्घटना भएको उक्त बसका यात्रुहरु दक्षिणपश्चिमी राज्य महाराष्ट्रको लातूर जिल्लाबाट उत्तरी राज्य हरियाणाको हिसार जिल्लामा रहेको धार्मिक स्थलमा गइरहेका प्रहरी स्रोतले सिन्ह्वा समाचार समितिलाई जनाएको छ। शनिबार बिहान ३:३० बजे राजस्वको नागुर जिल्लाको किशनगढ ज्बल हनुमानगढ़ राजमार्गमा एक मिनीबसले सडक डिभाइडरलाई ठक्कर दिएपछि सो दुर्घटना भएको जनाइएको छ। बसचालकले गाडीको नियन्त्रण गुमाएपछि उक्त दुर्घटना भएको थियो।


दुर्घटना नागौर जिल्लाको कुचामन शहरको नजिक भएको थियो । चार घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। छ जना गम्भीर घाइतेलाई राज्यको राजधानी जयपुरको सुपर स्पेशलिटी अस्पताल लगिएको जनाइएको छ। प्रकाशित : मंसिर ७, २०७६ १६:५९

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बङ्गलादेशमा सवारी दुर्घटना, कम्तीमा १० को मृत्यु

रासस/सिन्ह्वा

ढाका — बङ्गलादेशमा शुक्रबार भएको बस दुर्घटनामा कम्तीमा १० यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

राजधानी ढाकाबाट २७ किलोमिटर टाढा मुन्सिगञ्ज जिल्लामा एउटा माइक्रोबस विपरीत दिशाबाट आएको अर्को बससँग ठोक्किएर भएको दुर्घटनामा माइक्रोबसमा सवार १० जनाको मृत्यु भएको वरिष्ठ प्रहरी अधिकृतले सिन्ह्वालाई बताए ।

घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरिएको स्थानीय प्रहरीले बताएको छ ।

प्रकाशित : मंसिर ६, २०७६ १८:४१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×