कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

गाई चोरेको आशंकामा कुटेर दुईको हत्या

एजेन्सी

पश्चिम बंगाल, भारत — भारतको पश्चिम बंगालमा गाई चोरेको आशंकामा दुई जनालाई कुटेर हत्या गरिएको छ । कुचबिहार जिल्लास्थित पुटमारी फुलेश्वरी गाउँ पंचायतमा भएको घटनामा हत्या गरिएकामा ३२ वर्षिय प्रकास दास र ४० वर्षीय रबिउल इस्लाम रहेको बीबीसीले जनाएको छ ।

प्रहरीले यो घटनामा संलग्न आरोपमा १४ जनालाई पक्राउ गरेको छ । स्थानीय प्रहरीका अनुसार माथाभांगाका दास र इस्लामले बिहीबार पिकअप भ्यानमा दुई वटा गाई लिएर गईरहेका थिए । स्थानीयले गाई लगिरहेको भन्दा बाटो अवरुद्ध गरि दुवैलाई कुटपिट गर्नुका साथै भ्यानमा आगो लगाएका थिए ।


कुटपीटबाट गम्भिर घाईते दुर्वलाई प्रहरीले उद्धार गरि कुचबिहार मेडिकल कलेज पुर्याएका थिए । त्यहाा चिकित्सकले दुवैलाई मृत्त घोषित गरेको थियो । प्रहरीले घटनाको अनुशन्धान थालेको छ । घटनापछि माथाभांगा गाउाका सबै पुरुष फरार छन् । पुटीमारी फूलेश्वरी गाउँ पंचायतका प्रधान आलना यास्मीनले भनिन., ‘यो दुखद घटना हो, आशंकाकै भरमा घटना भएको छ, यसको समर्थन गर्न सकिन्न ।’ एक स्थानीयले गाउामा प्रत्येक दिन पशुचोर आउने गरेको बताए । उनले भने, ‘ती चोरहरुसँग गाई तस्करहरु पनि मिलेका छन् । यहाँबाट बंगलादेशको सीमा नजिक छ । चोर पक्राउ गर्न गाउालेहरुले पालैपालो पहरा दिन्छन् ।’ प्रत्यक्षदर्शीका अनुसार गाई लगिरहेको पिकअपमा कुनै नम्बर प्लेट नभएर पनि घटना भएको हो ।


गाउँलेहरुका अनुसार अघिल्लो साता गाउाबाट चार वटा गाई चोरी भएको थियो । यसबारे प्रहरीलाई सुचना दिएपनि सुनुवाई नभएपछि गाउालेहरु मिलेर पहरा दिन थालेका हुन । एक जना मृतकका काका सोमेश्वर दासले भतिजा बेरोजगार रहेकोले पशुहरुको खरिदविक्रीको धन्दा थालेका थिए । ‘मेरो भतिजा पशु तस्कर चाही थिएनन्’ उनले भने, ‘प्रकाश घरमा एक्लो कमाउने सदस्य थिए । राज्यले दोषीहरुलाई कडा सजाय र पीडित परिवारजनलाई क्षतिपुर्ति दिनुपर्छ ।’


प्रहरीका अनुसार यो क्षेत्रमा बंगलादेशबाट खुलेआम पशुहरुको तस्करी हुनु सामान्य मानिन्छ । ‘पछिल्ला केही महिनायता यो क्षेत्रका गाउाहरुमा गाई चोरी हुने घटना बढेको छ’ ती प्रहरीले नाम नछाप्ने सर्तमा भने, ‘यो क्षेत्रमा पशु तस्कर सक्रिय छन् ।’ पश्चिम बंगालको ममत बनर्जी सरकारले राज्यमा भीडद्वारा मानिसको हत्या गर्ने घटना बढेपछि त्यसका अंकूस लगाउन तीन महिनाअघि ‘द वेस्ट बंगाल (प्रीभेन्सन अफ लिंचिङ्ग) बिल २०१९ विधानसभाबाट पारित गरेको थियो ।


भीडको कुटपीटबाट व्यक्तिको मृत्यु भएको अवस्थामा दोषीहरुलाई आजीवन कारावासको सजाय र पााच लाख भारु जुर्मानाको व्यवस्था कानुनमा छ । तर तीन महिनायता छुट्टाछुट्टै घटनामा कम्तीमा नौ जनाको भीडको कुटपीटबाट मृत्यु भइसकेको छ । गत जुलाईमा उत्तर बंगालको जलपाईगुडी र अलीपुरदुआर जिल्लामा बच्चा चोरको आशंकामा एक महिला र पुरुषको स्थानीयको भीडले कुटेरै हत्या गरेका थिए ।

प्रकाशित : मंसिर ६, २०७६ २१:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?