बङ्गलादेशमा सवारी दुर्घटना, कम्तीमा १० को मृत्यु

रासस/सिन्ह्वा

ढाका — बङ्गलादेशमा शुक्रबार भएको बस दुर्घटनामा कम्तीमा १० यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बङ्गलादेशमा सवारी दुर्घटना, कम्तीमा १० को मृत्यु

राजधानी ढाकाबाट २७ किलोमिटर टाढा मुन्सिगञ्ज जिल्लामा एउटा माइक्रोबस विपरीत दिशाबाट आएको अर्को बससँग ठोक्किएर भएको दुर्घटनामा माइक्रोबसमा सवार १० जनाको मृत्यु भएको वरिष्ठ प्रहरी अधिकृतले सिन्ह्वालाई बताए ।


घटनाबारे प्रहरीले अनुसन्धान सुरू गरिएको स्थानीय प्रहरीले बताएको छ ।


प्रकाशित : मंसिर ६, २०७६ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?