कोलम्बियाको सिमाना बन्द गर्ने निर्णय

सिन्ह्वा

बोगोटा — कोलम्बिया सरकारले सिमानाका बन्दको घोषणा गरेको छ । अन्य देशसँगको आवाजजावत बन्द गर्नेगरी नाकाबन्दी घोषणा गरिएको अधिकारीहरुले जनाएका छन् ।

कोलम्बियाको सिमाना बन्द गर्ने निर्णय

अध्यागमनका अधिकारीहरुले दिएको जानकारी अनुसार इक्वेडर, पेरु, ब्राजिल र भेनेजुएलासँगको सीमा क्षेत्रका नाका बन्द गरिएको हो ।


राष्ट्रिय हित, सुरक्षा र राष्ट्रिय रणनीतिअनुसार नाकाबन्दीको घोषणा गरिएको उच्च अधिकारीहरुको भनाई छ । नाकाबन्दीका बेला कुनैपनि अकल्पनीय अप्रिय घटनाहरु हुन नदिनका लागि सीमा क्षेत्रमा ठूलो मात्रामा सुरक्षाकर्मीहरु परिचालन गरिने कोलम्बिया अध्यागमन विभागका महानिर्देशक क्रिस्चियन क्रुगरले जानकारी दिए ।


बिहीबार कोलम्बियमा हुने सरकार विरुद्धको प्रदर्शनको पूर्व सन्ध्यामा नाकाबन्दी गरिएको अधिकारीहरुले बताएका छन् । प्रदर्शनमा विद्यार्थी, सामाजिक तथा राजनीतिक संघ संगठन लगायत सहभागी हुने भएका छन् ।

प्रकाशित : मंसिर ४, २०७६ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?