कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सरिफलाई बेलायत लगियो

(एएफपी)

इस्लामाबाद — पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई उपचारका लागि मंगलबार बेलायत लगिएको छ । 

सरिफलाई बेलायत लगियो

सरिफ पाकिस्तानबाट एयर एम्बुलेन्समा बेलायतको राजधानी लन्डनतर्फ प्रस्थान गरेका हुन् । सरिफको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनुका साथै श्वासप्रश्वासलगायतका समस्या रहेका जनाइएको छ ।


भ्रष्टाचार अभियोगमा जेल सजाय भोगिरहेका सरिफ जेलमै सिकिस्त बिरामी भएपछि पाकिस्तानको एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । त्यसपछि उनको अति सघन कक्ष (आईसीयू) मा उपचार भइरहेको थियो ।


स्वदेशमा गरिएको उपचारले उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि लन्डन लगिएको हो । स्वास्थ्य स्थिति थप बिग्रँदै गएपछि लाहोरस्थित उच्च अदालतले थप उपचारका लागि जेलबाहिर लैजान गत शुक्रबार स्वीकृति दिएको थियो । अदालतको आदेशअनुसार उनीमाथि विदेश यात्राका लागि लगाइएको प्रतिबन्ध सरकारले फुकुवा गरेसँगै उनलाई थप उपचार गराउन लन्डन लगिएको हो ।


तीन पटकसम्म पाकिस्तानको प्रधानमन्त्री बनेका ६९ वर्षीय सरिफको रगतमा देखिएको समस्या जटिल बन्दै गएको चिकित्सकको भनाइ छ । उनका निजी चिकित्सकका अनुसार सरिफले ‘जीवनसँग संघर्ष’ गरिरहेका छन् ।


प्रकाशित : मंसिर ४, २०७६ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?