कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोलीकाण्डमा ४ को मृत्यु 

(एजेन्सी)

लस एन्जलस — अमेरिकाको क्यालिफोर्नियामा भएको गोलीकाण्डमा कम्तीमा ४ जनाको मृत्यु भएको छ । 

लस एन्जलसदेखि ३ सय ५० किलोमिटर टाढा पर्ने फ्रेन्सोमा भएको गोलीकाण्डमा ६ जना घाइते भएका प्रहरीले जनाएको छ । पारिवारिक सदस्यहरू जम्मा भएको स्थानमा एक व्यक्तिले आइतबार गोली प्रहार गरेका प्रहरीको भनाइ छ । गोली प्रहार गरिएका बेला घटनास्थलमा ३५ जना उपस्थित थिए ।


अधिकारीअनुसार पीडितहरू फुटबल खेल हेर्नका लागि उक्त स्थानमा भेला भएका थिए । प्रारम्भिक विवरणअनुसार अपरिचित व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका देखिएको फ्रेन्सो प्रहरी विभागका उपप्रमुख मिचेल रिडले बताए । गोली प्रहार गर्नेको हालसम्म पहिचान नभइसकेको उनले जनाए ।


प्रकाशित : मंसिर ३, २०७६ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?