१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अमेरिकी विद्यालयमा गोली प्रहार

(एएफपी)

क्यालिफोर्निया — अमेरिकाको क्यालिफोर्निया राज्यस्थित एक विद्यालयमा गोली चल्दा दुई विद्यार्थीको मृत्यु भएको छ । गोली काण्डमा तीन विद्यार्थी घाइते भएका छन् । 

अधिकारीका अनुसार विद्यालयका १६ वर्षे छात्रले गोली चलाएका हुन् । साथीहरूमाथि गोली प्रहार गरेपछि आत्महत्या गर्न आफैंमाथि गोली चलाएका ती किशोरको अवस्थ गम्भीर छ ।


सान्टा क्लारिटाको सघस माध्यमिक विद्यालयमा गोली चलेको आवाज आएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । दुई दशकयता अमेरिकी विद्यालयमा भएका गोली काण्डमा ३ सयभन्दा बढी विद्यार्थी तथा किशोर/किशोरीको मृत्यु भइसकेको छ । प्रहरी अधिकृत केन्ट वेगेनरले एसियालीमूलका किशोरले झोलाबाट बन्दुक झिकेर साथीहरूमाथि अन्धाधुन्ध गोली चलाएको र अन्त्यमा आत्महत्या गर्ने मनसायले आफैंलाई गोली हानेको जनाए ।


अमेरिकी संसद्मा सर्वसाधारणलाई बन्दुक राख्न दिने कानुनमा कडाइ गर्न लामो समयदेखि बहस जारी छ, तर अमेरिकाका मुख्य दुई दल रिपब्लिकन पार्टी र डेमोक्र्याटिक दलबीच भने उक्त मुद्दामा सहमति हुन सकेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बन्दुकमाथि धेरै कडाइ गर्न नहुने पक्षमा छन् भने विपक्षी दल डेमोक्र्याट कडा नियमको पक्षमा छ ।

प्रकाशित : कार्तिक ३०, २०७६ ०९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?