१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

इबोला प्रतिरोधी खोप प्रयोगमा

(एएफपी)

गोमा — अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कंगोमा बिहीबार प्राणघातक इबोला संक्रमणविरुद्ध लड्न नयाँ खोप प्रयोगमा ल्याइएको छ ।

विगत १५ महिनादेखि फैलिएको इबोलाका कारण मुलुकको पूर्वी क्षेत्रमा त्रासको वातावरण छ । परोपकारी संस्था सीमाविहीन चिकित्सक (डक्टर्स विदआउट बोर्डर्स) का अनुसार आगामी ४ महिनाभित्र करिब ५० हजार मानिसलाई यो खोप दिइनेछ । यो खोप विश्वप्रसिद्ध औषधि उत्पादक तथा अनुसन्धाता जोन्सन एन्ड जोन्सनको बेल्जियमस्थित एक सहायक कम्पनीले तयार पारेको हो ।


गत वर्ष नै सुरु भएको खोप अभियानका क्रममा दुई लाख ५० हजारभन्दा बढीलाई खोप दिइएको छ । त्यसमा सबैजसो स्वास्थ्यकर्मीलाई समेटिएको छ । कंगोको उत्तरी किभु प्रान्तमा अगस्ट २०१८ मा इबोलाको संक्रमण पहिलोपटक देखिएको थियो । त्यसपछि यो रोग छिमेकी प्रान्त इटुरी र दक्षिण किभुमा फैलिएको थियो । राज्यको उपस्थिति नै कम रहेका यी क्षेत्रहरू उगान्डा, रुवान्डा र बुरुन्डीसँग सीमा जोडिएका छन् ।


पछिल्लो विवरणअनुसार यस रोगबाट हालसम्म कंगोमा मात्र २ हजार १ सय ९३ जनाको ज्यान गइसकेको छ । कंगोमा इबोला फैलिएको यो दसौं पटक हो । पश्चिम अफ्रिकामा सन् २०१४–१६ को अवधिमा फैलिएको यो संक्रमणबाट

कंगोमा त्यसबखत ११ हजार ३०० जनाको मृत्यु भएको थियो । 


प्रकाशित : कार्तिक २९, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?