कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

फेसबुकबाट ३ करोड पोस्ट हटाइयो

(एजेन्सी)

क्यालिफोर्निया — लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले हालैका दिनमा ३ करोड ३ लाखभन्दा बढी हानिकारक पोस्ट हटाएको जनाएको छ । फेसबुकका अनुसार करिब एक तिहाइ सामग्री बालउत्पीडनसँग सम्बन्धित छन् । 

फेसबुकबाट ३ करोड पोस्ट हटाइयो

फेसबुकका अनुसार ती सामग्री सन् २०१९ को जुलाईदेखि सेप्टेम्बरसम्म हटाइएको हो । उक्त अवधिमा हटाइएका सामग्रीमध्ये १ करोड १६ लाख सामग्री बालबालिकाको नग्नता देखिने तथा बाल यौनहिंसा झल्कने प्रकारका छन् ।

फेसबुकले स्वामित्व लिएको अर्को लोकप्रिय सामाजिक सञ्जाल इन्स्टाग्रामको तथ्यांक पनि पहिलो पटक सार्वजनिक गरिएको छ ।


बेलायतकी १४ वर्षीया किशोरी मोली रसेलको आत्महत्यापछि दबाबका कारण फेसबुकले यसपटक हटाइएका आत्महत्यासम्बन्धी सामग्रीको पनि तथ्यांक सार्वजनिक गरेको छ । रसेलका बुबाले उनको आत्महत्यापछि उनको इन्स्टाग्राममा आत्महत्यासम्बन्धी थुप्रै पोस्ट भेटिएका बताएका थिए । रसेलले सन् २०१७ मा आत्महत्या गरेकी थिइन् ।


फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकबर्गले प्रयोगकर्ताको अधिकारीका लागि आफूहरू निकै सचेत भएको बताएका छन् । उनले भनेका छन्, ‘फेसबुकले अब प्रयोगकर्ताको गोपनीयतामा विशेष ध्यान दिनेछ ।’ फेसबुकमाथि पटकपटक व्यक्तिगत सूचना दुरुपयोग हुनबाट रोक्न आवश्कय कदम नचालेको आरोप लाग्दै आएको छ ।


फेसबुकका अनुसार सन् २०१९ को जुलाईदेखि सेप्टेम्बरसम्म फेसबुकबाट हटाइएका १ करोड १६ लाख र इन्स्टाग्रामबाट हटाइएका ७ लाख ५४ हजार बाल नग्नता र बाल यौनहिंसासम्बन्धी सामग्रीमध्ये ९९ प्रतिशत आफैंले पत्ता लगाएको हो । अन्य एक प्रतिशत सामग्री भने अरूले दिएको जानकारीपछि हटाइएको हो ।


फेसबुकका अनुसार त्यसरी हटाइएका सामग्रीमा ३३ लाख ४५ हजार आत्महत्यासम्बन्धी छन् । त्यसैगरी, लागूऔषध बेचबिखनसम्बन्धी ५९ लाख सामग्री छन् । त्यसैगरी हतियार बेचबिखनबारेका सामग्री २३ लाख ५८ हजार र आतंकवादसम्बन्धी अल कायदा, आईएस र सहयोगी संस्थाका इन्स्टाग्रामबाट १ लाख ३३ हजार सामग्री हटाइएको दाबी गरेको छ । सन् २०१९ को जनवरीदेखि मार्चसम्मको तीन महिनामा फेसबुकले बाल यौनहिंसासम्बन्धी करिब ६० लाख सामग्री हटाएको जनाएको थियो ।

प्रकाशित : कार्तिक २९, २०७६ ०९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?