कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

दिल्लीको वायु प्रदूषण झन् बढ्यो

(एजेन्सी)

नयाँदिल्ली — भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषणको मात्रा झनै बढेको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार बुधबार बिहान नयाँदिल्लीको वायुमा हालसम्मकै सबैभन्दा बढी प्रदूषित कण भेटिएका छन् । 

स्वास्थ्य तथा मौसम क्षेत्रका अधिकारीका अनुसार हरियाणा राज्यको गुरुग्राम र उत्तर प्रदेशको नोइडाको वायुमा एयर क्वालिटी इन्डेक्स (एक्यूआई) ४ सय ५० भन्दा माथि देखिएको हो ।


हावामा प्रदूषण मापन गर्ने मापदण्डलाई एक्यूआई भनिन्छ । दुई नगरमा बुधबार बिहान लिइएको मापनको नतिजालाई हावाको प्रदूषणका आधारमा अति खराब तहमा राखिन्छ । हावामा एक्यूआई ० देखि ५० सम्म देखिएको खण्डमा राम्रो मानिन्छ भने ५० देखि सयलाई सन्तोषजनक तहमा राखिन्छ । सयदेखि २ सयसम्मलाई मध्यम र २ सयदेखि ३ सयलाई कमजोर मानिन्छ ।


त्यसैगरी, एक्यूआई नतिजा ३ सयदेखि ४ सय देखिए अति कमजोर र ४ सयदेखि ५ सयलाई कडा अर्थात् एकदमै खराब मानिन्छ । एक्यूआई मापनको नजिता ५ सय भन्दा बढी देखिएको खण्डमा संकटकालीन अवस्था घोषणा गरिन्छ ।


वायु प्रदूषणको मात्र बढेसँगै नयाँदिल्ली र वरपरका क्षेत्रमा विभिन्न समस्या देखिन थालेका छन् । केही साताअघिदेखि ती क्षेत्रमा निर्माण कार्य ठप्प छन् भने अरू दैनिक आवश्यकताका वस्तुको परिपूर्तिमा समेत अप्ठेरो परिरहेको जनाइएको छ ।


त्यसैगरी, प्रदूषणका कारण मानव स्वास्थमा समस्या देखिएपछि विद्यालयहरू बन्द गरिएका छन् । नयाँदिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालले प्रदूषणका कारण परिस्थिति अत्यन्तै खतरनाक भएको बताएका छन् ।


दिल्ली सरकारले राजधानी नयाँदिल्लीमा केही दिनयता यातायातका साधनमा जोरबिजोर प्रणाली लागू गर्दै आएको छ । यातायातका साधनबाट निस्किने धुवाँ तथा आवागमनका कारण उडेको धुलोका कारण वायु प्रदूषण झन् बढेकाले यस्तो निर्णय लिनुपरेको राज्य सरकारको भनाइ छ ।

प्रकाशित : कार्तिक २८, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?