राजस्थानमा मरे हजारौं चरा

एजेन्सी

राजस्थान — भारतको राजस्थानस्थित सम्भर तालमा मंगलबार हजारौं चरा मृत भेटिएका छन् । मृत भेटिएका चरा दस प्रजातिका रहेका अधिकारीहरुले जनाएका छन् ।

राजस्थानमा मरे हजारौं चरा

मृत भेटिएका चराको संख्या कम्तीमा ५ हजार रहेको स्थानीयले दाबी गरेका छन् । तर भारतीय अधिकारीले मृत चराको संख्या १ हजार ५ सय मात्र रहेको बताएका छन् ।


ठूलो संख्यामा मृत चरा भेटिएपछि स्थानीय तथा अधिकारीहरू आश्चर्यमा परेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ‘हामीले कहिल्यै यस्तो देखेका थिएनौं । ५ हजारभन्दा चराहरू एकै ठाउँमा रहस्यमय रूपमा मरेका छन्,’ चरा जानकार स्थानीय अभिनभ वैष्णभले भने ।


पानीमा भएको खराबीका कारण चरा मरेका हुन सक्ने अनुमान अधिकारीहरुको छ । यद्यपि त्यसबारे परीक्षण तथा अध्ययन भइरहेको जनाइएको छ । विज्ञहरुका अनुसार ती चराहरु विभिन्न स्थानबाट बसाइँसराइका क्रममा राजस्थान पुगेका थिए ।


फरेस्ट रेन्जर राजेन्द्र जखरले केही समयअघि परेको बाक्लो असिनाका कारण चरा मरेका हुन सक्ने बताए । ‘हाम्रो अनुमानमा १ हजार ५ सय चरा मरेका छन् । पानीमा विषादी, जीवाणु तथा अन्य खराबी मिसिएको हुन सक्ने भएकाले यकिन गर्न हामीले परीक्षणका लागि नमुना पठाएका छौं,’ जखरले भने । तर अर्का एक अधिकारीले भने, बर्डफ्लुका कारण पनि चराको मरेका हुन सक्ने अनुमान गरेका छन् ।


सम्भर नुनिलो पानी पाइने भारतको सबैभन्दा ठूलो ताल हो । बसाइँसराइका क्रममा क्षेत्रमा बर्सेनि २ देखि ३ लाख चरा उक्त क्षेत्रबाट आवतजावत गर्छन् ।

प्रकाशित : कार्तिक २६, २०७६ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?