कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुलबुल आँधीबाट बंगलादेश र भारतमा २० जनाको मृत्यु

एएफपी

खुल्ना, बङ्गलादेश — बंगलादेश र भारतको तटीय क्षेत्रमा ‘बुलबुल’ नाम दिइएको सामुद्रिक आँधीका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ । आँधी प्रभावित २० लाख भन्दा बढी व्यक्तिलाई अस्थायी शिविरमा राखिएको छ । 

बुलबुल आँधीबाट बंगलादेश र भारतमा २० जनाको मृत्यु

करिब १ सय २० किलोमिटर प्रतिघण्टाको गतिमा शनिबार ८:३० बजे भारतको पश्चिम बंगालबाट बंगलादेशको उत्तरपूर्वी क्षेत्रतर्फ आएको आँधीका कारण दुवै देशका बन्दरगाह र विमानस्थल बन्द गर्न बाध्य पारेको बताइएको छ ।


बुलबुलबाट भारतको पश्चिम बंगाल राज्यमा १० जनाको मृत्यु भएको प्रेस ट्रस्ट अफ इन्डिया (पीटीआई)ले जनाएको छ । अन्य दुई जनाको ओडिशा राज्य नजिकै मृत्यु भएको छ । बंगलादेशमा कम्तीमा ८ जनाको मृत्यु हुनुका साथै अन्य २० घाइते भएका छन् ।


बंगलादेशको दक्षिणी टापु भोलानजिकै रहेको मेघना नदीमा माछा मार्न गएका पाँचजना माझी हराइरहेका जिल्ला प्रशासक मसूद आलम सिद्दीकीले एएफपीलाई बताएका छन् ।


बुलबुलबाट प्रायः माटो र जस्तापाताले बनाएका करिब चार हजार घरमा क्षति पुगेको प्रकोप व्यवस्थापन सचिव शाह कमलले बताए ।


बंगलादेशको मौसम विज्ञान विभागका अधिकारी अबुल कलाम मलिकले बुलबुल आँधीले आइतबार नै बंगलादेशको दक्षिणपश्चिमी तटीय क्षेत्र पार गरिसकेको जनाएका छन् ।

प्रकाशित : कार्तिक २५, २०७६ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?