कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

थाइल्याण्डमा ७ विद्रोही पक्राउ

एजेन्सी

बैंकक — थाइल्याण्डको सरकारी सेनाले दक्षिणी क्षेत्रका विद्रोही आक्रममणमा संलग्न ७ विद्रोही लडाकूलाई पक्राउ गरेको जनाएको छ ।

थाइल्याण्डमा ७ विद्रोही पक्राउ

प्रहरीसँगको संयुक्त गोप्य कारबाहीका क्रममा उनीहरुलाई पक्राउ गरेको सेनाले जनाएको छ ।


थाइल्याण्डका उपप्रधानमन्त्री जनरल प्रवित वोङसुआनका अुनसार याला प्रान्तमा १५ सर्वसाधारणको ज्यान जानेगरी भएको आक्रमणपछि सुरक्षाफौजले कारबाही सुरु गरेको हो ।


सैनिक प्रवक्ता प्रमोत प्रोमिनका अुनसार विद्रोही आक्रमणमा ३० देखि ४० जना संलग्न थिए ।


उनले आक्रमणमा संलग्न अन्यको खोजी भइरहेको बताए । आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मेवारी लिएका छैनन् ।


याला प्रान्तमा स्वायत्तताको मागसहित वर्षौंदेखि सशस्त्र विद्रोह चलिरहेको छ ।

प्रकाशित : कार्तिक २४, २०७६ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?