थाइल्याण्डमा ७ विद्रोही पक्राउ
बैंकक — थाइल्याण्डको सरकारी सेनाले दक्षिणी क्षेत्रका विद्रोही आक्रममणमा संलग्न ७ विद्रोही लडाकूलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीसँगको संयुक्त गोप्य कारबाहीका क्रममा उनीहरुलाई पक्राउ गरेको सेनाले जनाएको छ ।
थाइल्याण्डका उपप्रधानमन्त्री जनरल प्रवित वोङसुआनका अुनसार याला प्रान्तमा १५ सर्वसाधारणको ज्यान जानेगरी भएको आक्रमणपछि सुरक्षाफौजले कारबाही सुरु गरेको हो ।
सैनिक प्रवक्ता प्रमोत प्रोमिनका अुनसार विद्रोही आक्रमणमा ३० देखि ४० जना संलग्न थिए ।
उनले आक्रमणमा संलग्न अन्यको खोजी भइरहेको बताए । आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मेवारी लिएका छैनन् ।
याला प्रान्तमा स्वायत्तताको मागसहित वर्षौंदेखि सशस्त्र विद्रोह चलिरहेको छ ।
प्रकाशित : कार्तिक २४, २०७६ २०:५७प्रतिक्रिया