१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

इरानमा भूकम्प, ६ को मृत्यु 

(एजेन्सी)

तेहरान — इरानको उत्तर–पश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा गएको भूकम्पमा कम्तीमा ६ को मृत्यु भएको छ । 

इरानमा भूकम्प, ६ को मृत्यु 

स्थानीय अधिकारीका अनुसार कम्तीमा १ सय २० घाइते छन् । इरानको भूगर्भ विभागले ५.९ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । स्थानीय समयअनुसार भूकम्प शुक्रबार बिहान २ बजेर १७ मिनेटमा गएको हो ।


प्रान्तीय गभर्नर मोहम्मद रेजा पोर्मोहमादीले भूकम्पबाट कम्तीमा ३० घर क्षतिग्रस्त भएका जनाए । इरानमा सन् २०१२ मा गएको भूकम्पका कारण ३ सयको मृत्यु भएको थियो ।




प्रकाशित : कार्तिक २३, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?