कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

ट्रम्पलाई २० लाख डलर तिर्न आदेश

कान्तिपुर संवाददाता

न्युयोर्क — अमेरिकाको एक अदालतले एक संस्थाको रकम दुरुपयोग गरेको ठहर गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० लाख डलर तिर्न आदेश दिएको छ । 

ट्रम्पलाई २० लाख डलर तिर्न आदेश

न्युयोर्कस्थित अदालतका अनुसार राष्ट्रपति ट्रम्पले परोपकारका लागि स्थापित संस्था ‘द डोनाल्ड जे ट्रम्प फाउन्डेसन’ को कोष दुरुपयोग गरेका हुन् । राष्ट्रपति ट्रम्पले आफ्नो फाइदाका लागि उक्त संस्थालाई प्रयोग गरेका तथा संस्थाको रकम खर्चेको न्युयोर्कस्थित अदालतकी न्यायाधीश सालियान स्कार्पलाले ठहर गरेकी हुन् ।


न्यायाधीश स्कार्पलाले ट्रम्प र उनका छोराछोरीले सञ्चालन गरेजस्ता परोपकारी संस्थाले राजनीतिमा संलग्न हुन नपाउने आदेशसमेत दिएकी छन् । अदालतको आदेशअनुसार २० लाख डलर राष्ट्रपति ट्रम्पले आफ्नो व्यक्तिगत सम्पत्तिबाट तिनुपर्नेछ ।


‘द डोनाल्ड जे ट्रम्प फाउन्डेसन’ सन् २०१६ को राष्ट्रपतीय निर्वाचन अभियानका क्रममा ट्रम्प आफैंले स्थापना गरेका थिए ।


प्रकाशित : कार्तिक २३, २०७६ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?