१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

थाइल्याण्डमा १७ सर्वधारणको हत्या

एएफपी

बैंकक — दक्षिणी थाइल्याण्डमा मुस्लिम विद्रोहीको आक्रमणमा कम्तीमा १७ जनाको मृत्यु भएको छ । थाइल्याण्डको दक्षिणी क्षेत्रका तीनवटा प्रान्तमा १५ वर्षयता जारी विद्रोहका कारण हालसम्म सात हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

थाइल्याण्डमा १७ सर्वधारणको हत्या

मलाया–मुस्लिम विद्रोहीले बढी स्वायत्तताको माग राखी सशस्त्र आन्दोलन गरिरहेका हुन ।यो क्षेत्रमा थाई सरकारले सैनिक कानुन लगाएको छ । यहाा सैनिक र प्रहरीको बाक्लो उपस्थिति रहनुका साथै तालिमप्राप्त नागरिक स्वयमसेवी परिचालन गरिएको छ । स्थानीयबासी र अधिकारकर्मीले सैनिक कानुनका कारण सर्वसाधारणले कठिनाई भोग्नुपरेको बताउादै आएका छन् । गत मङ्गलबार विद्रोहीले याला प्रान्तका दुई वटा जााच चौकीमा आक्रमण गरेका थिए ।


सेनाका प्रवक्ता प्रमोट प्रोम–इनले आक्रमणका कारण १२ जनाको घटनास्थलमै र तीन जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाए । आक्रमणकारीले एम–१६ राइफल र सटगनसमेत लुटेर लगेको जानकारी दिादै उक्त क्षेत्रमा सैनिक परिचालन गरिएको र आक्रमणकारीको खोजी तीब्र बनाएको बताए ।

प्रकाशित : कार्तिक २१, २०७६ २१:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?