२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

ब्राजिली राष्ट्रपतिको घोषणा : मुख्य अखबारको ग्राहक बन्दिनँ

एएफपी

ब्रासिलिया — ब्राजिली राष्ट्रपति जेयर बोल्सोनारोले ब्राजिलको प्रमुख अखबारमध्ये एक रहेको ‘फोल्हा’ को ग्राहक नबन्ने घोषणा गरेका छन् । उनले आफ्ना नीतिमाथि मुलुकको प्रमुख सञ्चारमाध्यमले निरन्तर आलोचना गरेको भन्दै आक्रोशित हुँदै उक्त घोषणा गरेका हुन् ।

ब्राजिली राष्ट्रपतिको घोषणा : मुख्य अखबारको ग्राहक बन्दिनँ

राष्ट्रपति बोल्सोनारोले फेसबुकबाट प्रत्यक्ष प्रसारित साप्ताहिक सम्बोधन गर्दै भनेका छन्, ‘आज मैले मेरो कार्यकारी शक्तिको प्रयोग गरी ‘फोल्हा’ अखबारको ग्राहक रद्द गरेको छु । फोल्हा पत्रिका पढ्न चाहनेले ब्रासिलियाका बस स्टेसनमा रोकिएर किन्न सक्नेछन् ।’


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि गत साता अमेरिकाका दुईवटा ठूला अखबार ‘दी न्युयोर्क टाइम्स’ र ‘वासिङ्टन पोस्ट’ को ग्राहक नबन्ने घोषणा गरेका थिए । राष्ट्रपति बोल्सोनारो पनि अमेरिकी राष्ट्रपति ट्रम्पकै शैली पछ्याउन रुचाउ छन् ।


उनले फोल्हा, टीभी ग्लोबो र भेजा म्यागाजिनसमेतका ब्राजिली सञ्चारमाध्यममाथि राष्ट्रपति चुनावी अभियानदेखि गत जनवरीमा राष्ट्रपतिको शपथ लिएयता निरन्तर आलोचना गर्दै आएका छन् । ‘हामीले यस्ता अखबारका लागि बढी पैसा खर्च गर्नु आवश्यक छैन । फोल्हामा जसले विज्ञापन गरिरहेको छ सचेत रहनू,’ बोल्सोनारोले भनेका छन् ।


‘फोल्हा’ ले एक विज्ञप्ति प्रकाशन गरी बोल्सोनारोको विभेदकारी कदमप्रति खेद व्यक्त गरेको छ । उसले सरकारका कामकारबाहीमाथि निरन्तर निगरानी राख्ने र गैरपक्षधर पत्रकारितालाई निरन्तरता दिने जनाएको छ ।

प्रकाशित : कार्तिक १६, २०७६ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?