कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

हवाई कारबाहीमा ६ तालिबान लडाकु मारिए 

सिन्ह्वा

तालुकान — अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा लुकेर बसेका तालिबान लडाकु विरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा परी कम्तीमा ६ तालिबान लडाकु मारिएका छन् ।

लडाकु विमानले तालिबानीलाई लक्ष्य गरी यो कारबाही गरेको प्रान्तीय सरकारका प्रवक्ता मोहमद जवाद हजारीले बताएका छन् ।


हवाई कारबाहीमा परी अन्य पाँच लडाकू घाइते भएका छन् । यस हवाई कारबाहीको क्रममा सुरक्षाबल र सर्वसाधारणतर्फ भने कुनै हताहतको खबर नभएको बताइएको छ ।


अफगानिस्तानको राजधानी काबुलबाट २ सय ४५ किलोमिटर उत्तरमा पर्ने तखार प्रान्तमा सक्रिय रहेका तालिबानी लडाकु समूहले भने यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

प्रकाशित : कार्तिक १४, २०७६ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?