कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चिलीमा विरोध प्रदर्शन जारी, २० को मृत्यु

रासस/सिन्ह्वा

सान्टियागो — चिलीमा जारी विरोध प्रदर्शनका क्रममा कम्तीमा २० जनाको मृत्यु भएको छ । गत अक्टोबर १९ देखि २७ सम्म आपतकाल लागू भएको यस समयावधिमा जारी रहेको सरकार विरोधी प्रदर्शनमा कम्तीका २० व्यक्तिको मृत्यु हुनुका साथै अन्य ४ सय ७३ व्यक्ति घाइते भएका गृह मन्त्रालयद्वारा मङ्गलबार जारी विज्ञप्तिमा उल्लेख छ । 

चिलीमा विरोध प्रदर्शन जारी, २० को मृत्यु

विरोध प्रदर्शनको क्रममा सयौंको सङ्ख्यामा सशस्त्र प्रहरीहरु पनि घाइते भएका छन् । उक्त समयावधिमा ४ सय ४५ प्रहरीका कार, ४९ उपमार्ग स्टेशन र २६ बस क्षतिग्रस्त भएको छ । कर्फ्यू लगाइएको अवस्थामा ७ हजार १६६ व्यक्तिलाई पक्राउ गरिएको र २ हजार ३७ व्यक्तिलाई कारागार चलान गरिएको छ ।


गत सोमबार चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले सरकारको विरोधको प्रदर्शन गरिरहेका प्रदर्शनकारीको मागको सम्बोधन गर्दै आठ जना मन्त्रीलाई प्रतिस्थापन गरेका थिए । सार्वजनिक यातायातको भाडा बढाइएपछि विद्यार्थीले यो प्रदर्शन सुरु गरेका थिए ।


प्रकाशित : कार्तिक १३, २०७६ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?