कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

राजीनामा दिन सबै मन्त्रीलाई चिलीका राष्ट्रपतिको निर्देशन

रासस/सिन्ह्वा

सान्टियागो — चिलीका राष्ट्रपति सेबास्टियन पिनेराले राजीनामा दिन आफ्नो मन्त्रिमण्डलका सबै मन्त्रीलाई निर्देशन दिएका छन् । आन्दोलनकारीहरुको झण्डै एक हप्ता लामो सडक प्रदर्शनपछि उहाँले शनिबार आन्दोलनको सम्बोधन स्वरुप मन्त्रीहरुलाई राजीनामा दिन लगाएका हुन् ।

“आन्दोलनकारीहरुको माग अनुसार मैले नयाँ मन्त्रिपरिषद् गठन गर्न लागेको छु, त्यसका लागि सबै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको छु,” उनले पत्रकारहरुसँग भनेका छन् । राष्ट्रपति कार्यालयमै पत्रकारहरुसँग भएको भेटमा उनले आन्दोलनकारीको आवाज आफूले सुनेको पनि बताए ।


गत शुक्रबार राजधानी सान्टियागोमा दशौं लाख जनाले राष्ट्रपतिको राजीनामाको माग गर्दै सडक प्रदर्शन गरेका थिए । उनीहरुले शिक्षा र स्वास्थ्य सेवा गुणस्तरीय बनाउनु पर्ने, आधारभूत अन्य सेवाहरु सस्तो र सर्वसुलभ गराउनु पर्ने, भ्रष्टाचार नियन्त्रण हुनुपर्नेलगायतका माग पनि राखेका छन् ।


अहिले भएको आन्दोलनका क्रममा कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अरु सयौँ घाइते भएका छन् । आन्दोलन चर्कदै हिंसात्मक हुन थालेपछि राष्ट्रपति सेबास्टियनले सान्टियागो क्षेत्रमा केही दिन अगाडि सङ्कटकालको घोषणा गर्नु भएको छ ।

प्रकाशित : कार्तिक १०, २०७६ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?