१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

उपहार दिएको आरोपपछि जापानी मन्त्रीद्वारा राजीनामा

एजेन्सी

टोकियो — जापानका नवनियुक्त व्यापारमन्त्रीमाथि निर्वाचन कानुन उल्लंघन गरेको आरोप लागेपछि उनले पदबाट राजीनामा दिएका छन् ।

उपहार दिएको आरोपपछि जापानी मन्त्रीद्वारा राजीनामा

व्यापारमन्त्री इसु सुगावाराले टोकियोका आफ्ना मतदातालाई महँगो खरबुजा, सुन्तला तथा गँगटो उपहार दिएका विभिन्न सञ्चारमाध्यमले समाचार सार्वजनिक गरेका थिए । उनले एक समर्थकको परिवारलाई समवेदना जनाउन २० हजार जापानी येन प्रस्ताव गरेका बताइएको छ ।


जापानको निर्वाचन कानुनअनुसार कुनै पनि राजनीतिज्ञले आफ्ना मतदातालाई चन्दा तथा उपहार दिन पाउँदैनन् ।


सुगावाराको सहयोगीले एकजना मतदाताको मृत्यु भएपछि उनको परिवारलाई २० हजार जापानी येन दिन खोजेको लेखेपछि यी आरोपहरू सार्वजनिक हुन थालेका थिए । सुगावारामाथि आरोप लगाउँदै जापानी साप्ताहिक पत्रिका शुकान बुनसुनले पहिलोपटक समाचार सार्वजनिक गरेको हो ।


जापानमा मृतकको परिवारलाई पैसा दिनु सामान्य चलन हो । तर पत्रिकाले सुगावाराले पठाएका उपहारका सूची र उनलाई धन्यवाद दिँदै लेखिएका विभिन्न पत्र प्रकाशित गरेको थियो ।


सुगावाराले शुक्रबार आफ्नो कार्यले देशको निर्वाचन कानुन उल्लंघन भए/नभएकोबारे अध्ययन गरिरहेको बताएका थिए । यद्यपि, उनले आफूमाथि आरोप लगाइएपछि राजीनामा दिनु उचित भएको बताएका हुन् ।


‘मेरो समस्याका कारण संसद्मा हुने छलफल प्रभावित होस् भन्ने म चाहन्नँ,’ सुगावाराले बताए । जापानी प्रधानमन्त्री सिन्जो अबेले ‘सुगावारालाई नियुक्त गरेको जिम्मेवारी आफूले लिने बताउँदै भनेका छन्, ‘म जापानी नागरिकहरूसँग क्षमा चाहन्छु ।’

प्रकाशित : कार्तिक ८, २०७६ २१:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?