१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

तालिवानलाई चीनको निम्तो

(एएफपी)

कतार — अफगानिस्तानको आन्तरिक विषयबारे हुने भनिएको बेइजिङ सम्मेलनमा सहभागी बन्न चीनले तालिवान प्रतिनिधिलाई आग्रह गरेको छ ।

चीनले मंगलबार तालिवान नेता मुल्ला बरादार अखुन्दको नेतृत्वमा रहेको ‘इन्टरनेसनल इनर्जी एजेन्सी’ (आईईए) को प्रतिनिधिमण्डललाई अफगानिस्तानका राजनीतिक तथा आर्थिक विषयमा छलफल गर्न निमन्त्रणा गरेको हो ।


तालिवान समूहका प्रवक्ता जाविहुल्लाले ट्वीटरमार्फत् लेखेका छन्, ‘अखुन्दको नेतृत्वमा तालिवान आईईएको प्रतिनिधिमण्डलले बेइजिङमा हुने सम्मेलनमा सहभागिता जनाउन चीनले निमन्त्रणा दिएको छ । तालिवानसँगको यो भेट उनीहरूसँग यस पहिले मस्को र कतारमा भएका सम्मेलनको निरन्तरता हो ।’


उनले बेइजिङमा हुने सम्मेलनमा पुग्ने सबै सहभागी व्यक्तिगत हैसियतमा रहनेसमेत उल्लेख गरेका छन् । ‘उनीहरूले अफगानिस्तानको राजनीतिक समस्याको समाधानका लागि आफ्ना विचारलाई व्यक्तिगत रूपमा प्रस्तुत गर्नेछन्,’ जाविहुल्लाले ट्वीटरमा लेखेका छन् ।


प्रकाशित : कार्तिक ७, २०७६ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?