१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

३ देशका कूटनीतिज्ञ पाकिस्तानमा

(एजेन्सी)

इस्लामाबाद — पाकिस्तानको राजधानी इस्लामाबादमा पाकिस्तान, चीन र अफगानिस्तानका कूटनीतिज्ञहरूको १० दिने कार्यशाला सुरु भएको छ । कार्यशालामा तीन देशका युवा कूटनीतिज्ञहरूको सहभागिता रहेको बताइएको छ । 

३ देशका कूटनीतिज्ञ पाकिस्तानमा

समाचार संस्था सिन्ह्वाका अनुसार कार्यशालामा पाकिस्तानका २३, चीनका ८ र अफगानिस्तानका ६ कूटनीतिज्ञ सहभागी छन् । लामो समयदेखि युद्ध जारी रहेको अफगानिस्तानमा शान्ति स्थापनाका लागि आवश्यक सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको बताइएको छ ।


अफगानिस्तानमा शान्ति प्रक्रियाका साथै दक्षिण एसियाको कूटनीतिक अवस्थाको बारेमा यस कार्यशालामा आवश्यक छलफल हुने र युवा कूटनीतिज्ञलाई यी विषयमा जानकारी दिन कार्यशालाको आयोजना गरिएको अधिकारीले जनाएका छन् ।


तालिमको शैलीमा आयोजना गरिएको सो कार्यशालामा सहभागीहरूलाई चाइना पाकिस्तान इकोनोमिक कोरिडोर, पाकिस्तानको नर्थ वाजिरिस्तान क्षेत्रका साथै पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्र टोरखाममा पनि लगिने जानकारी गराइएको छ । गत महिना इस्लामाबादमा पाकिस्तान, अफगानिस्तान र चीनका विदेशमन्त्रीको त्रिपक्षीय वार्ता भएको थियो ।


सोही त्रिपक्षीय वार्तापछि यसरी तीन देशका युवा कूटनीतिज्ञलाई एक अर्को देशबारे जानकारी दिने र अफगानिस्तान एवं क्षेत्रीय शान्तिमा सहयोग पुर्‍याउने उद्देश्यले यो कार्यशालाको अवधारणा विकास गरिएको थियो ।

पाकिस्तानका विदेश सचिव सइल मोहम्मदले तीन देशको कूटनीतिक परिवेश र विदेश नीति तथा राजनीतिक र आर्थिक पक्षको जानकारी मिलेका बताए । दसदिने कार्यशाला सोमबार सुरु भएको हो ।

प्रकाशित : कार्तिक ६, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?