१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

ब्रेक्जिट समयसीमा बढाइने

एजेन्सी

लन्डन — युरोपेली संघबाट बेलायतको बर्हिगमनको  निर्धारित समयसीमा बढाइने भएको छ । संसदमा शनिबार भएको मतदानमा ३२२ सांसदले समयसीमा बढाउने पक्षमा मतदान गरेका हुन् ।

ब्रेक्जिट समयसीमा बढाइने

३०६ सांसदले विपक्षमा मत दिए । यसअघि बेलायत यहि अक्टुबर ३१ भित्र युरोपेली संघबाट बाहिरिने समयसीमा तोकिएको थियो ।


सांसदहरुको मतदानपछि प्रधानमन्त्री बोरिस जोन्सनले युरोपेली संघलाई समयसीमा बढाउन आग्रह गर्दै पत्र लेख्नुपर्ने भएको छ । यद्यपि, उनले आफू ब्रेक्जिट समयसीमा थप्ने पक्षमा नरहेको प्रतिक्रिया दिएका छन् । ‘म ब्रेक्जिटको निर्धारित मिति सार्ने पक्षमा छैन र कानुनले त्यसो गर्न मलाई बाध्य पार्दैन्,’ उनले भनेका छन् । युरोपेली संघ उनले म्याद थप गर्ने पक्षमा नरहेको उनको दाबी छ ।


प्रधानमन्त्री जोन्सनले यसअघि बेलायती संसदको तल्लो सभा ‘हाउस अफ कमन्स’ मा सांसदहरूलाई आफनो प्रस्तावको पक्षमा ल्याउने प्रयास गरेका थिए । बेलायत र यूरोपेली संघ (इयू) बीच गत बिहीबार ब्रेक्जिटबारे नयाँ सहमति भएको थियो ।


युरोपेली आयोगका अध्यक्ष जाँ क्लाउड यान्करले दुई पक्षबीच बिहीबारको सम्झौतालाई ‘निष्पक्ष र सन्तुलित’ भएको प्रतिक्रिया दिएका छन् । उनले र जोन्सन दुवै आफ्ना सांसदलाई सम्झौताप्रति समर्थन जनाउन आग्रह समेत गरेका थिए ।

प्रकाशित : कार्तिक २, २०७६ २१:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?