कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

अमेरिका-टर्की तनावको मुख्य जड 'एस-४००' 

गोविन्द पोखरेल

काठमाडौँ — उत्तरी सिरियामा गत साता टर्कीले कुर्दिस समुदाय लक्षित आक्रमण गरेपछि अमेरिकाले त्यसको विरोधमा टर्कीविरुद्ध प्रतिबन्ध लगायो । सैन्य आक्रमणको विरोध गर्दै अमेरिकाले प्रतिबन्ध ३ दिनपछि फिर्ता लिएपछि टर्कीले कुर्दिस माथिको आक्रमणलाई रोक्ने भएको छ ।

अमेरिका-टर्की तनावको मुख्य जड 'एस-४००' 

सीमा क्षेत्रमा रहेका अमेरिकी समर्थित कुर्दहरुलाई त्यहाँबाट अन्यत्र सारिने बीबीसीले उल्लेख गरेको छ ।


पछिल्लो दिनहरुमा टर्की र अमेरिकाबीचको सम्बन्धमा उतरचढाव आइरहेको छ । नेटो सदस्य राष्ट्र टर्कीले गत जुलाईमा अमेरिकाको विरोधका बाबजुद ‘एस–४००’ नामक मिसाइल प्रतिरक्षा प्रणाली रुससँग खरिद गरेपछि अमेरिका–टर्की सम्बन्धमा चिसोपना बढेको हो ।


टर्कीमा अमेरिकाका ५० वटा आणविक बमहरु रहेको वासिंगटन पोष्टले जनाएको छ । शीत युद्धका बेला सन् १९६१ मा टर्कीमा भण्डारण गरिएका आणविक बम लैजाने अमेरिकी प्रयास लामो समयदेखि असफल हुँदै आइरहेको उक्त पत्रिकाले उल्लेख गरेको छ ।


टर्कीसँग अमेरिका पछिल्लो समय एस–४०० मिसाइल खरिद गरेपछि झनै चिढिएको हो । त्यसको प्रतिक्रियामा सिरियाको उत्तरी क्षेत्रमा तैनाथ अमेरिकी फौज फिर्ता गरेको थियो । टर्कीले एस–४०० मिसाइल प्रतिरक्षा प्रणालीको सञ्चालनका लागि करिब २.५ बिलियन डलर खर्च गरेको सीएनएनले उल्लेख गरेको छ । भारतले पनि ५ बिलियन डलरमा उक्त प्रणाली रुसबाट खरिद गर्ने सम्झौता गरिसकेको छ । उक्त प्रणाली खरिद गर्ने पहिलो मुलुक भने चीन हो ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्कीका राष्ट्रपति रेसेप तैयिप इर्दोगान । तस्बिर: रोयटर्स

टर्कीसँग पाचौँ पुस्ताको अत्याधुनिक अमेरिकी लडाकु विमान ‘एफ–३५’ पनि छ । तर रुससँग एस–४०० खरीद सम्झौता गरेलगत्तै अमेरिकाले टर्कीलाई एफ–३५ का थप लडाकू विमान बेच्ने सम्झौता रद्द गरिसकेको छ ।

अमेरिकाले पनि रुससँग एस–४०० मिसाइल प्रणाली खरिद नगर्न चेतावनी भारतलाई दिँदै आएको छ । त्यसको विरोधमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतविरुद्ध थप कर लगाउने घोषणा गरे ।


अमेरिका किन सशंकित ?

अमेरिकाले एफ–३५ लडाकू विमान र एस–४०० क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली अमिल्दो हुने दाबी गर्दै राख्न नहुने बताउने गर्छ । तर कतिपय विश्लेषकहरुले दुवै हतियार सँगै रहँदा कमजोरी पत्ता लाग्ने त्रासमा अमेरिका रहेको बताउँछन् ।

जमिनबाट आकाशमा मार हान्न सक्ने लामो दूरीको प्रणाली हो एस–४०० । रुसी सेनाको अहिलेसम्मकै राम्रो क्षेप्यास्त्र प्रणाली मानिने एस–४०० मा अत्याधुनिक 'सर्भिलियन्स राडार' जडान गरिएको छ, जसले जमनिबाटै विमानलाई ट्रयाक गर्न सक्छ ।


एस–४०० ले जमिनमा ४०० किलोमिटर टाढासम्मको र आकाशमा २७ किलोमिटर माथिसम्म मार हान्न सक्ने क्षमता राख्छ ।


एस–४०० फाइटर जेट, विभिन्न प्रकारका मिसाइल र ड्रोन ध्वस्त गर्ने उद्देश्यका साथ निर्माण गरिएको हो । बेलायती सुरक्षा विज्ञ रिचार्ड कोनल्लीले एक सञ्चारमाध्यमलाई भनेका छन्, ‘अहिलेको रुस वा तत्कालीन् सोभियत युनियनले मिसाइल टेक्‌नोलोजीमा सधैं नेतृत्व गरेको छ । यसको एकमात्र कारण अमेरिका तथा पश्चिमा देशको रुची लडाकु विमान निर्माण हो ।’

एस–४०० धेरै नै सहज र विभिन्न प्रकारका रकेटमा पनि प्रयोग गर्न सकिन्छ । यो प्रणाली अमेरिकाको ‘पेट्रोइट–२’ प्रतिरक्षा प्रणाली भन्दा दुई गुणा सस्तो रहेको उनले बताएका छन् ।


एस–४०० अमेरिकी लडाकु विमान एफ–३५ लाई २० माइल टाढाबाट मात्रै डिटेक्ट गर्न सक्ने अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । एफ–३५ ले हवाईबाट जमिनमा ४० माइल टाढासम्म पनि मार हान्ने सक्ने मिसाइल बोक्ने भएकाले यसले एस–४०० लाई ध्वस्त पार्ने दाबी गरिएको छ ।


अमेरिकी अधिकारीले टर्कीले उक्त प्रणाली र विमान सँगै प्रयोग गर्दा रुसीहरुले एफ–३५ को प्रतिरोध क्षमता पत्ता लगाउने र अमेरिकी विमानलाई राडारमा डिटेक्ट गर्न सक्ने प्रविधिको विकास रुसीहरुले विकासित गर्ने चिन्ता अमेरिकामा छ । एफ ३५ का विभिन्न जानकारी लिएपछि रुसीहरुले विमानको कमजोरी पत्ता लगाउने समेत अमेरिकी विज्ञहरुले बताएका छन् ।


यो एयर मिसायल डिफेन्स सिस्टम १९९० मा एमकेबी फेकेल कम्पनीले निर्माण गरेको थियो । यो एक ‘मोबाइल सर्फस टु एयर मिसाइल’ हो जसले आकाशमा भएको टार्गेटलाई ध्वस्त पार्छ । यसमा ४ प्रकारका मिसाइलहरु प्रयोग भएका हुन्छन् । डिफेन्स स्क्वाडका अनुसार यो मिसाइल प्रणालीमा ४ प्रकारका मिसाइलहरु प्रयोग भएका हुन्छन् । जसमा ४००, २५०, १२० र ४० किलोमिटर टाढा हान्न सक्ने मिसाइलहरु हुन्छन् । यो मिसाइल प्रणालीलाई रुसले सन् २००७मा आफ्नो सेनामा आबद्ध गराएको थियो ।


एस–४०० का मिसाइलहरु १७ हजार किलोमिटर प्रतिघन्टाको गतिमा जान सक्छन् । यसलाई सजिलैसँग एक ठाउँबाट अर्को ठाउँमा लग्न सकिने, रेस्पोन्स टाइम १० सेकेन्ड हुँदा खरिदकर्ता मुलुकहरु आर्कषित भएका छन् । ५ देखि १० मिनेटमा हमलाका लागि तयार हुन्छन् । एकैपटक ८० वटा प्रहार गर्ने क्षमता भएकाले यसको चर्चा चुलिएको हो । यसले कुनै पनि विमानलाई ६ सय किलोमिटर टाढाबाट ट्रायाक गर्ने क्षमता राख्छ । यो ५ सय मिलियन डलरमै खरिद गर्न सकिन्छ भने अमेरिकाको प्रतिरक्षा मिसाइल प्रणाली खरिद गर्न १ बिलियन डलर लाग्छ ।

एजेन्सीहरुको सहयोगमा


यो पनि पढ्नुहोस्:

अमेरिका-इरान शत्रुता किन ?

भारत र पाकिस्तान : सैन्य शक्ति कसको कति ?

प्रकाशित : कार्तिक १, २०७६ १९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?