२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

आँधीले मृत्यु हुने ५६ पुगे

एजेन्सीहरू

टोकियो — जापानमा ६ दशकयताकै शक्तिशाली आँधी ‘हगिबिस’ का कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ । अधिकारीका अनुसार दर्जन बेपत्ता छन् । 

आँधीका कारण राजधानी टोकियोको दक्षिणी क्षेत्र निकै प्रभावित बनेको छ । आँधीले जनजीवन निकै प्रभावित भएपछि उद्धारका लागि थप सुरक्षाकर्मी खटाइएको छ ।


जापानी सञ्चारमाध्यमका अनुसार हाल लाखभन्दा बढी उद्धारकर्मी खटाइएको छ । जापानी समाचार संस्था एनएचकेका अनुसार प्रहरी अधिकारी, अग्नि नियन्त्रक, तटरक्षक तथा सैनिक गरी १ लाख १० हजार जनालाई खोजी तथा राहत कार्यका लागि खटिएका छन् ।


अधिकारीका अनुसार सोमबार आँधीको प्रभाव केही कम भएको छ । यद्यपि, हालसम्म पनि कम्तीमा ९२ हजार घरमा विद्युत् आपूर्ति बन्द रहेको छ । बीबीसीका अनुसार कम्तीमा ७० लाख मानिसलाई घर छाडेर सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ । कम्तीमा एक लाख आँधी प्रभावित अस्थायी शिविरमा बसिरहेका छन् ।


नागानोमा रोकिराखिएका कम्तीमा १० द्रुतगतिका रेल हिलोले आधाभन्दा बढी पुरिएका छन् । हरेक रेलको मूल्य ३ करोड डलर रहेको जनाइएको छ । जापानी प्रधानमन्त्री कार्यालयले उद्धारकर्मीलाई हराइरहेका तथा एक्ला घरमा रहेका पीडितलाई उद्धारका लागि प्राथमिकता दिन आग्रह गरेका छन् । आँधीका कारण आइतबार हवाई उडानहरू रद्द गरिएका थिए भने रेलसेवा अझै अवरुद्ध छ । टोकियोको नारिता र हानेदा विमानस्थल आइतबार अबेरदेखि सुचारु भए पनि कम्तीमा ८ सय उडान रद्द भएका थिए ।

प्रकाशित : आश्विन २८, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?