२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

बालबालिकामा औषधिका रुपमा गाँजाको प्रयोग गर्न अनुमति

नारायण खड्का

अस्ट्रेलिया — औषधिका रुपमा गाँजाको प्रयोग मिर्गी रोग लागेका बालबालिकाहरुमा प्रभावकारी भएपछि यसलाई विस्तार गरिने भएको छ ।

बालबालिकामा औषधिका रुपमा गाँजाको प्रयोग गर्न अनुमति

गाँजाबाट निर्मित तेल औषधिका रुपमा प्रयोग गर्न कानुनी आधार दिएको भिक्टोरिया राज्यले सिजर (मिर्गी) रोग लागेका बालबालिकाहरुको उपचारमा अझ विस्तृत रुपमा यसको प्रयोगमा ल्याउन सुरु गरेको हो ।


राज्यका स्वास्थ्यमन्त्री जेनी मिकाकोसले यो कार्यक्रम अहिले रहेका ६० बालबालिकाहरुबाट ९० जनामा विस्तार गर्न लागिएको जानकारी दिएकी छन् ।

यो औषधिको प्रयोगले सिजरका कारण पीडित बालबालिकाहरुलाई राहत हुने विश्वास उनले लिएकी छन् । यसका लागि थप ३.७ मिलियन डलर लाग्ने बताइएको छ । क्यानाडाको फार्मेसीबाट गाँजाबाट निर्मित तेल उपचारका लागि प्रयोग गरिने समाचारहरुमा जनाइएको छ ।


भिक्टोरिया राज्यले सन् २०१६ देखि गाँजालाई औषधिका रुपमा प्रयोग गर्न दिनेगरि कानुन निर्माण गरेको थियो । भिक्टोरियास्थित रोयल चिल्ड्रन अस्पतालका डाक्टर जेरेमी फ्रिम्यानले यो औषधिको प्रयोग अन्य औषधिसँग प्रयोग गरेर फाईदा पुगेको बताएका छन् । उनले यो औषधिको प्रयोग गरेका र सफल भएका बालबालिकाहरुको स्वास्थ्य अवस्था चाँडै सुधार भएको बताएका छन् ।


अस्ट्रेलियामा औषधिजन्य प्रयोगका लागि गाँजाको प्रयोगलाई कानुनी मान्यता दिइएको छ । हरेक राज्यहरुमा कडा प्रावधानका साथ कानुनी अनुमति दिइएको भएपनि भिक्टोरिया राज्यले पहिलोपटक औषधिका रुपमा प्रयोग गर्न दिने कानुन निर्माण गरेको हो ।

उपचारका लागि गाँजालाई कानूनी आधार दिइएको भएपनि यसलाई धुम्रपानको माध्यमबाट प्रयोग गर्न भने बन्देज गरिएको छ ।

प्रकाशित : आश्विन २६, २०७६ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?