बालबालिकामा औषधिका रुपमा गाँजाको प्रयोग गर्न अनुमति

नारायण खड्का

अस्ट्रेलिया — औषधिका रुपमा गाँजाको प्रयोग मिर्गी रोग लागेका बालबालिकाहरुमा प्रभावकारी भएपछि यसलाई विस्तार गरिने भएको छ ।

गाँजाबाट निर्मित तेल औषधिका रुपमा प्रयोग गर्न कानुनी आधार दिएको भिक्टोरिया राज्यले सिजर (मिर्गी) रोग लागेका बालबालिकाहरुको उपचारमा अझ विस्तृत रुपमा यसको प्रयोगमा ल्याउन सुरु गरेको हो।

राज्यका स्वास्थ्यमन्त्री जेनी मिकाकोसले यो कार्यक्रम अहिले रहेका ६० बालबालिकाहरुबाट ९० जनामा विस्तार गर्न लागिएको जानकारी दिएकी छन्।

यो औषधिको प्रयोगले सिजरका कारण पीडित बालबालिकाहरुलाई राहत हुने विश्वास उनले लिएकी छन्। यसका लागि थप ३.७ मिलियन डलर लाग्ने बताइएको छ। क्यानाडाको फार्मेसीबाट गाँजाबाट निर्मित तेल उपचारका लागि प्रयोग गरिने समाचारहरुमा जनाइएको छ।

भिक्टोरिया राज्यले सन् २०१६ देखि गाँजालाई औषधिका रुपमा प्रयोग गर्न दिनेगरि कानुन निर्माण गरेको थियो। भिक्टोरियास्थित रोयल चिल्ड्रन अस्पतालका डाक्टर जेरेमी फ्रिम्यानले यो औषधिको प्रयोग अन्य औषधिसँग प्रयोग गरेर फाईदा पुगेको बताएका छन्। उनले यो औषधिको प्रयोग गरेका र सफल भएका बालबालिकाहरुको स्वास्थ्य अवस्था चाँडै सुधार भएको बताएका छन्।

अस्ट्रेलियामा औषधिजन्य प्रयोगका लागि गाँजाको प्रयोगलाई कानुनी मान्यता दिइएको छ। हरेक राज्यहरुमा कडा प्रावधानका साथ कानुनी अनुमति दिइएको भएपनि भिक्टोरिया राज्यले पहिलोपटक औषधिका रुपमा प्रयोग गर्न दिने कानुन निर्माण गरेको हो।

उपचारका लागि गाँजालाई कानूनी आधार दिइएको भएपनि यसलाई धुम्रपानको माध्यमबाट प्रयोग गर्न भने बन्देज गरिएको छ।

प्रकाशित : आश्विन २६, २०७६ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

चिनियाँ राष्ट्रपतिको गृहनगरसँग बुटवलको भगिनी सम्बन्ध स्थापना

अमृता अनमोल

बुटवल — बुटवल र चीनको सियान सहरबीच भगिनी सम्बन्ध स्थापना भएको छ । सियान सिटी चिनियाँ राष्ट्रपति सी चिनफिङको गृहनगर हो । 

चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका अवसरमा आइतबार काठमाडौंमा भगिनी सम्बन्ध स्थापना भएको हो । बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी र नेपालका लागि चिनीयाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङको उपस्थितीमा ऐतिहासिक सम्बन्ध स्थापनाको हस्ताक्षारपछि समझदारी पत्र आदनप्रदान गरे ।

भगिनी सम्बन्धले विकास र संस्कृति आदान प्रदान हुने उपमहानगर प्रमुख सुवेदीले बताए । ‘त्यहााको कला, संस्कृति र विकास हामीले सिक्ने छौ । यहाँको त्यहाँ सिकाउने अवसर जुरेको छ,’ उनले भने,‘यसले सम्वृद्ध नगर बनाउन सहज हुनेछ ।’

सियान चीनको सांस्कृतिक हिसाबले धनी सहर मानिन्छ । बुटवल बुद्धबलीको ऐतिहासिक क्षेत्र तथा प्रागऐतिहासिक रामापिथेकशको अवशेष फेला परेको क्षेत्र हो ।

सियान सहरका उच्च अधिकारीहरुले यसअघि बुटवलको भ्रमण गरेका थिए । त्यसक्रममा उनीहरुले बुटवलको सांस्कृतिक र ऐतिहासिक पक्ष महत्वपूर्ण रहेको भन्दै प्रसंशासमेत गरेका थिए ।

प्रकाशित : आश्विन २६, २०७६ १५:५३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×