१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

क्यालिफोर्नियामा अनियन्त्रित

(एएफपी)

लस एन्जलस — अमेरिकाको क्यालिफोर्निया राज्यमा फैलिएको डढेलोका कारण १ लाख मानिसहरू विस्थापित भएका छन् । 

अधिकारीहरूले सान फर्नान्डो क्षेत्रवरपरका कम्तीमा १३ हजार घरका बासिन्दालाई अन्यत्र सर्न आदेश दिएका छन् । कम्तीमा २० हजार घरमा विद्युत् आपूर्ति बन्द गरिएको छ । राज्यको दक्षिणी भेगमा फैलिएको डढेलोका कारण दर्जनौं संरचना ध्वस्त भएका छन् । अधिकारीहरूले डढेलो नियन्त्रणमा लिन केही दिन लाग्ने जनाएका छन् ।

शनिबारसम्म डढेलो ७ हजार ५ सय एकड क्षेत्रमा फैलिइसकेको बताइएको छ । डढेलोबाट कम्तीमा ३१ संरचनाहरू ध्वस्त भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अधिकारीहरूले डढेलो फैलिएको क्षेत्रका घरहरू खाली गर्ने आदेश दिएका जनाइएको छ ।

ढडेलो फैलिएसँगै आत्तिएका ५० वर्षीय एक व्यक्तिको हृदयाघातबाट मृत्यु भएको आगलागी नियन्त्रण निकायका एक अधिकारीले जनाए । उनका अनुसार आफ्ना छोरासँग फोनमा कुरा गरिरहेकी ८९ वर्षीया महिलाको ज्यान गएको छ । अधिकारीका अनुसार एक अग्नि नियन्त्रक घाइते छन् । डढेलोका कारण अन्य मानवीय क्षतिको विवरण प्राप्त नभइसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । डढेलो नियन्त्रणका लागि १ हजार अग्नि नियन्त्रक तथा सुरक्षाकर्मी परिचालन गरिएका छन् । उनीहरूले हेलिकप्टरको सहायताले डढेलो नियन्त्रणको प्रयास गरिरहेका जनाइएको छ ।

डढेलो अनियन्त्रित भएसँगै राजमार्गहरू बन्द गरिएको छ । लस एन्जलस क्षेत्रका कम्ती ४० विद्यालय तथा करिब ३० हजार विद्यार्थी अध्ययन गर्ने क्यालिफोर्निया विश्वविद्यालय बन्द गरिएको सीएनएनले जनाएको छ ।

प्रकाशित : आश्विन २६, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?