१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

हुथीको प्रस्तावप्रति साउदी सकारात्मक

(एएफपी)

रियाद — गृहयुद्धका कारण संकट व्यहोरिरहेको यमनको मुख्य विद्रोही हुथी समूहले अघि सारेको शान्तिको प्रस्तावलाई छिमेकी मुलुक साउदी अरेबियाले सकारात्मक रुपमा लिइएको प्रतिक्रिया दिएको छ । साउदी अरेबियाले यमनी विद्रोहीले आफ्ना तर्फबाट प्रस्तावको कार्यान्वयन भएमा थप सहकार्य गर्न सकिने जनाएको छ ।

सन् २०१५ देखि साउदी अरेबियाको अग्रसरतामा बनेको गठबन्धनले हुथी विद्रोही विरुद्ध आक्रामक कारबाही गरिरहेको छ । साउदीले हुथी विद्रोहीलाई इरानले समर्थन गरेको आरोप लगाउादै यमनमा अन्तरराष्ट्रियरुपमा मान्यताप्राप्त सरकारलाई खुलेर समर्थन गरिरहेको छ, तर यमनी सरकार मुलुकको राजधानी सानामा हुथीको कब्जा रहेकाले अन्यत्रबाट शासन सञ्चालन गरिरहेको छ । यस द्वन्द्वका कारण हजारौं व्यक्तिको मृत्यु भइसकेको छ । मारिएकामा अधिकांश व्यक्ति सर्वसाधारण नागरिक रहेको मानवीय सहायतासम्बन्धी निकायले जनाएका छन् । राष्ट्रसंघले यमनमा मानवीय संकट नै उत्पन्न भएको बताउादै आएको छ ।


साउदी अरेबियाका उपरक्षामन्त्री राजकुमार खालिद बिन सल्मानले ट्वीट गर्दै यमनमा घोषणा गरिएको शान्तिकार्यलाई साउदी अरेबियाले सकारात्मकरुपमा लिएको र त्यसको व्यवहारिक कार्यान्वयन भएको साउदी अरेबियाले हेर्न चाहेको बताए ।


गत सेप्टेम्बर २१ मा हुथी समूहले साउदी अरेबियासाग शान्ति कायम गर्न तयार रहेको घोषणा गरेका थिए । तर साउदी गठबन्धनका तर्फबाट निरन्तर हवाई आक्रमण भएपछि शान्तिको आशा टर्दै गएको थियो ।


साउदी अरेबियाले हुथी विद्रोहीको ‘कुरा होइन कार्य’का आधारमा मूल्यााकन गरिने स्पष्ट गरेको छ । सोमबार हुथी विद्रोहीले डिसेम्बर २०१८ मा राष्ट्रसंघको अगुवाईमा भएको शान्ति सम्झौता बमोजिम २९० जना युद्धबन्दीलाई मुक्त गरिएको बताएका थिए । राजकुमार खालिदले यमनमा उत्पन्न पछिल्लो परिस्थितिबाट इरानले लाभ लिन चाहेको आरोप लगाएका छन् ।

प्रकाशित : आश्विन १९, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?