१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

केन्यामा चियाबारे नयाँ नीति

सिन्ह्वा

नैरोबी — केन्याले आन्तरिक चिया उद्योगको प्रवद्र्धन गरी स्वदेशी उद्योगकै चिया खपत गर्ने नीति लिएको छ । केन्याली सरकारले बिहीबार सो नीति बनाएको हो । यसअघि केन्याले किसानहरूबाट राजस्व संकलन मात्र गर्ने नीति बनाएको थियो । यसका लागि केन्याका किसानले चिया निर्यात धेरै गर्ने गर्दथे । 

केन्या चिया विकास संस्थाका अनुसार अनुसार यसअघि केन्याली सरकारले यहाँबाट चिया निर्यात गर्ने र त्यसका माध्यमबाट राजस्व संकलन गर्ने कार्यलाई बढी प्राथमिकतामा राखेको थियो । तर अहिले भने स्वदेशी चिया उद्योगको चियाबाट नै चियाको खपत बढाउने र किसानमार्फत राजस्व संकलनलाई भन्दा पनि स्वदेश चिया उद्योगको चिया स्वदेशमै खपत गर्ने नीति अख्तियार गरेको जनाएको छ ।


उक्त संस्थाका प्रमुख कार्यकारी अधिकृत लिरियोन्का तियाम्तीले केन्याली पत्रकारहरूलाई भने, ‘हामीले अहिलेसम्म चियाको निर्यातबाट राजस्व संकलन गर्ने नीति लिएका थियौा तर अब भने स्वदेशी उद्योगबाटै चिया उपभोग गर्ने र स्वदेशी चिया उद्योगलाई प्रवद्र्धन गर्ने भएका छौं ।’ उनका अनुसार केन्याले अहिलेसम्म स्वदेशी चिया उद्योगमा उत्पादित भएको कम्तीमा पनि ९५ प्रतिशत चिया निर्यात गर्ने गरेको छ ।


उनले स्वदेशी चिया उद्योगको प्रवद्र्धनका लागि देशको युवा वर्गलाई लक्ष्य गरेर विभिन्न सुविधाहरू दिइएको र यसबाट चिया उद्योगको प्रवद्र्धन हुने ठानिएको बताए । केन्या संसारमा नै एक ठूलो चिया निर्यातक देशका रुपमा चिनिन्छ । यहााको सरकारी तथ्यांकअनुसार केन्याले विश्वको चिया निर्यातकै कम्तीमा पनि २३ प्रतिशत चिया निर्यात गर्ने गर्दछ ।


केन्याले खासगरी कालो चियापत्तीको निर्यात गर्ने गर्दछ । उसको यो कालो चियापत्ती विश्वको बजारमा निकै नै लोकप्रिय मानिन्छ ।

प्रकाशित : आश्विन १९, २०७६ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?