२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

भारतले खसालेको जहाज आफ्नै

एएफपी

नयाँदिल्ली — यो वर्षको फेब्रुअरीमा पाकिस्तानसँग कश्मीर विषयमा भएको द्वन्द्वका क्रममा भारतीय वायु सेनाले हानेको मिसायल लागेर आफ्नै हेलिकप्टर खस्दा ६ जनाको मृत्यु भएको शुक्रबार पहिलोपटक पुष्टि गरेको छ ।

‘गत फेब्रुअरीमा हाम्रो पक्षबाट छोडिएको मिसाइलले भुलबस आफ्नै हेलिकप्टरलाई लाग्दा यसमा रहेका चालक दलका सदस्यसहित ६ जनाको मृत्यु हुन पुगेको अनुसन्धानपछि पुष्टि भएको छ,’ वायुसेना प्रमुख राकेशकुमार भदौरियाले भने, ‘हामी विश्वस्त पार्न चाहन्छौं कि यस्तो गल्ती भविष्यमा दोहोरिने छैन ।’ कश्मीर क्षेत्रमा भारत र पाकिस्तानबीच फेब्रुअरी २७ मा भारतीय हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।


पाकिस्तानी क्षेत्रमा रहेको पाकिस्तानी लडाकु समूह जैस–ए–मोहमदको बालाकोटस्थित ‘शिविर’ माथि हमला गरेको एक दिनपछि भारतीय हेलिकप्टर पाकिस्तानी क्षेत्रमा खसेको थियो ।


उक्त घटना पाकिस्तानी भूमिमा संगठित जैस–ए–मोहमदले कश्मीरको पुलवामा आक्रमण गरी ४० भारतीयस्थल सेनाको हत्या गरेपछि भएको थियो ।

प्रकाशित : आश्विन १८, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?