२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

तालिवान र पाकिस्तानबीच शान्तिवार्ता गर्न सहमति

सिन्ह्वा

इस्लामाबाद — अफगानी तालिवान समूहको प्रतिनिधिमण्डल र पाकिस्तानबीच शान्तिवार्तालाई पुनः सञ्चालन गर्ने विषयमा बिहीबार सहमति भएको छ ।

अमेरिकी मध्यस्थतामा वार्ता चलिरहेको र वार्ता सहमतिनजिक पुगेको बताइरहेका समय अफगानिस्तानको काबुलमा भएको एक विस्फोटमा एक अमेरिकी कर्मचारीको मृत्यु भएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले सेप्टेम्बरको सुरुमा अकस्मात् तथा एकतर्फी रूपमा तत्कालका लागि वार्ता अवरूद्ध भएको घोषणा गरेका थिए ।


तालिवान राजनीतिक आयोगको एक प्रतिनिधिमण्डलले पाकिस्तानी विदेशमन्त्री शाह महमुद कुरेसीलाई उनको मन्त्रालयमा भेट गरी शान्तिवार्ता पुनः आरम्भ गर्ने विषयमा छलफल भएको पाकिस्तानी स्रोतले जनाएको छ । आयोगका प्रमुख मुल्ला अब्दुल घानी बराडर नेतृत्वको १२–सदस्यीय प्रतिनिधिमण्डलमा आयोगका वरिष्ठ सदस्यहरू रहेका थिए । सन् २०१३ मा आयोगको गठन भएपछि अफगानी तालिवानी प्रतिनिधिमण्डलको यो पहिलो भ्रमण हो ।


प्रकाशित : आश्विन १७, २०७६ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?